Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    साढे ३३ किलो सुन काण्डका मुख्य आरोपी अग्रवाल तीन लाख धरौटीमा छुटे

    काठमाडौं/चार वर्षअघिको चर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी ५७ वर्षीय मोहनकुमार अग्रवाल मोरङ जिल्ला अदालतमा सोमबार हाजिर भएर तीन लाख रुपियाँ धरौटीमा छुटेका छन् । अदालतमा उपस्थित भएसंँगै प्रारम्भ भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश भरत लम्सालको इजलासले तीन लाख रुपियाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो…

    Read More
  • चितवन सेरोफेरो

    आज नारायणी किनारमा ‘सप्तरङ्ग–३’ सांस्कृतिक कार्यक्रम

    चितवन/चितवनको नारायणी नदी किनारमा आज ‘सप्तरङ्ग–३’ सांस्कृतिक कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले नारायणी किनारमा कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । यो कार्यक्रम सातवटै प्रदेशमा आयोजना गरिएको छ । पूर्वका विभिन्न सहरमा कार्यक्रम सकेर सप्तरङ्ग टिम आज चितवन आइपुगेको हो । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने…

    Read More
  • चितवन सेरोफेरो

    चितवन बन्द गराउन निस्किएका एक नेता पुल्चोकबाट प्रहरी नियन्त्रणमा

    चितवन/एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै आज चितवन बन्द आब्हान गरेको छ । बन्द सफल गराउन भन्दै हिडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनका चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन…

    Read More
  • मुख्य पृष्ठ

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बेलायतमा पहिलो पटक मृत्यु

    एजेन्सी/कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा एक जनाको मृत्यु भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आइतबार मात्र सरकारले ओमिक्रोन संक्रमित बिरामीहरुलाई अस्पताल भर्ना गरिएको जनाएको थियो । ‘दुःखका साथ भन्नु परेको छ की ओमिक्रोन संक्रमितहरुलाई अस्पताल भर्ना गर्नु परेको छ र पहिलो पटक…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस महाधिवेशनः सभापति पदको मतगणना, देउवाको अग्रता

    काठमाण्डौं/नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३ हजार ७७ मत गणना भएको छ, जसमा देउवाले १४६५ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले ११३१ मत पाएका छन् । प्रकाशमान सिंहले २५० र विमलेन्द्र निधिले १७३ मत…

    Read More
  • अपराध/दुर्घटना

    अवैध नेटवर्किङ्गमा फसाएर ठगी गर्ने तिन जना प्रहरी नियन्त्रणमा

    चितवन/अवैध नेटवर्किङ्गमा फसाएर चितवनवासीलाई ठगी गर्ने तिन जनालाई प्रहरी नियन्त्रणमा लिएकोे छ । जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ्गमा संलग्न २८ वर्षीय भारतीय नागरिक जितेश बर्मा, अर्का भारतीय नागरिक ३४ वर्षीय अंकित शर्मा र भरतपुर १६ निवासी ३६ वर्षीय सरोज घिमिरेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु गाउँ प्रवेश गर्न थालेपछि नियन्त्रणको माग गर्दै ज्ञापनपत्र

    चितवन/रासस/चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । गैँडा, बँदेललगायत वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयवासीले नियन्त्रणको माग गर्दैै वडा कार्यालयमार्फत निकुञ्जलाई ज्ञापनपत्र बुझाएका हुन् । मध्यविन्दु नगरपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थान, इटौरा, रतनपुरलगायत क्षेत्रमा निकुञ्जबाट आउने गैँडा, बँदेललगायत वन्यजन्तुका कारण असुरक्षा बढेको…

    Read More
  • मुख्य पृष्ठ

    पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना

    काठमाण्डौं/नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। यसले गर्दा चिसो हावा चल्न थालेको छ भने आज पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । यो प्रणालीका कारण आज कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै ठाउँमा मौसम बद्ली हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । मौसमविद् मानन्धरका अनुसार यसको…

    Read More
  • अपराध/दुर्घटना

    एम्बुलेन्सको ठक्करबाट भरतपुरमा पैदल यात्रीको मृत्यु

    चितवन/एम्बुलेन्सको ठक्करबाट चितवनको भरतपुर महानगरपालिका–१५ मा पैदल यात्रीको मृत्यु भएको छ । से १ च ५८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा अन्दाजी ३५ वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजे मृत्यु भएको हो । मृत्यु हुने व्यक्तिको परिचय खुलेको…

    Read More