Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    अछाम/सर्पको टोकाइबाट अछाममा एक महिलाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ की ३२ वर्षीया रामपुरा शाहीको सर्पको टोकाइबाट मृत्यु भएको हो । ६ महिनाको गर्भवती रहेकी शाहिलाई सोमवार राति सर्पले टोकेको थियो । परिवारले गाउँमै झारफुक गरी बिहान अस्पताल ल्याउने तयारी गरिरहेको बेला उहाँको मृत्यु भएको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी…

    Read More
  • अर्थमन्त्री शर्मा फेरि विवादमा

    बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको खुलासा काठमाडौँ — शृंखलाबद्ध विवादास्पद काम गरिरहेका अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन् । बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको विषयबारे अन्नपूर्ण पोस्ट दैनिकले सोमबार खुलासा गरेपछि अर्थमन्त्री शर्मा थप विवादमा तानिएका हुन् । …

    Read More
  • अपराध/दुर्घटना

    धादिङमा बस र ट्याक्सी आपसमा ठोक्किँदा चार जना घाइते

    धादिङको/थाक्रेमा बस र ट्याक्सी आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । काकड्भित्ताबाट काठमाडौं आउदै गरेको बस र काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी धादिङको थाक्रेमा आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो। सो दुर्घटनामा टयाक्सीमा सवार ४ जना घाईते भएका छन् । उनीहरुको गल्छिस्थित अम्बिभरोसा हस्पिटलमा सामान्य उपचार पछि काठमाडौं लगिएको छ । बसले ओभरट्याक गर्न खोज्दा…

    Read More
  • चितवन सेरोफेरो

    जिल्ला समन्वय समिति चितवनको निर्वाचन आज हुँदै

    चितवन/आज (मंगलबार) जिल्ला समन्वय समिति चितवनको प्रमुख पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्ता गठबन्धन पाँच दलको तर्फबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेका तर्फबाट नारायण प्रसाद अधिकारी प्रतिस्पर्धामा छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा हुने मतदान कार्य विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म चल्ने छ । लगत्तै मतगणना हुनेछ । पाँच दलीय…

    Read More
  • मुख्य पृष्ठ

    यस्तो छ ‘अमेरिकी सेना भित्र्याउने’ १० बुँदे प्रस्तावित सम्झौता।

    अरुण बराल/काठमाडौ/अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा नेपालखबरलाई प्राप्त भएको छ। १० धारा, ६ पृष्ठमा समेटिएको यो मस्यौदा अनुसार नै सम्झौतामा हस्ताक्षर भए अब नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउनेछ। सम्झौतामा अमेरिकाका तर्फबाट त्यहाँको रक्षा मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने प्रस्ताव गरिएको छ। नेपालका तर्फबाट…

    Read More
  • मुख्य पृष्ठ

    प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै उजुरी दर्ता

    काठमाण्डौं/ बौद्धधर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै देशभर प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ । सोमबार रोविन कुमार लामाले कबड्डी–४ को प्रदर्शन तत्काल रोक्न र पछि दृश्य र शब्द काँटछाँट गर्न माग गर्दै  चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहितलाई विपक्षी…

    Read More
  • मुख्य पृष्ठ

    थप १५ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी तीन हजार दुई सय ११ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको हो। यही अवधिमा थप १३ जना निको भएका छन् । नेपालमा अहिले एक सय दुई जना सक्रिय सङ्क्रमित रहेका छन्…

    Read More
  • मुख्य पृष्ठ

    चितुवा नियन्त्रणका लागि बाख्रासहितको खोर

    तनहुँ/बन्दीपुर गाउँपालिका १ र ४ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ । शनिबार राति र आइतबार बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा आइतबार बन्दीपुर–१ बाघदलेमा फलामे खोर राखिएको हो । बन्दीपुर–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर –१ बागदलेमा…

    Read More
  • मुख्य पृष्ठ

    पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्डमा राति पनि चल्न थाल्यो गाडी

    तनहुँ/पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ विद्युत् गृह नजिक सडक भासिएपछि गएको शुक्रवार राति ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएकोमा हिजोबाट भने राति पनि गाडी चल्न थालेका छन् । रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले रातिको समयमा गाडी चलाउन रोक लगाएको थियो । तर हिजो बेलुकादेखि भने…

    Read More
  • पत्रपत्रिका/अन्य

    लोकप्रिय बन्दै स्मार्ट शौचालय

    काठमाण्डौ/आगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गरेका हुन् । आधुनिक सुविधासहित व्यवस्थापन गरिएका सार्वजनिक शौचालयलाई स्मार्ट शौचालय भन्ने गरिएको छ । सार्वजनिक शौचालय दुर्गन्धित हुने तथा पानी, बिजुली र चुकुलसमेत नभएका फोहोर ठाउँका रूपमा बुझिने आम धारणामा…

    Read More