Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    चितवनको भरतपुरमा बोरामा शव: भतिजसँग विवाहेत्तर सम्बन्धपछि हत्या

    चितवन/चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई जनाको हत्या विवाहेत्तर सम्बन्धका कारण भएको खुलासा भएको छ । गत मङ्सिर ६ गते भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव फेला परेको थियो । लामो समय मृतकको पहिचान नै हुन नसकेकोमा केन्द्रीय अनुसन्धान ब्युरोले अन्ततः मृतकको पहिचान गर्दै प्रारम्भिक अनुसन्धानमा उनीहरूको हत्यामा महिलाका…

    Read More
  • अपराध/दुर्घटना

    बोरामा भेटिएका दुई गुमनाम शवको ४६ दिनपछि खुल्यो पहिचान

    चितवन/चितवनको भरतपुरमा गत बुधबार भेटिएको दुई जनाको शवको पहिचान खुलेको छ ।भरतपुर महानगरपालिका(१२ मिलनचोकमा कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको घटनाको ४६ दिन पछि पहिचान खुलेको हो। भारत घर भई चितवनको भरतपुरमा व्यापार गरी बस्दै आएका उनीहरु नाताले श्रीमान श्रीमती रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस बारे छिट्टैं पत्रकार सम्मेलन गर िसिआईबि…

    Read More
  • चितवन सेरोफेरो

    उवासंघ चितवनको निर्वाचन शुरु, अध्यक्षका लागि श्रेष्ठ र पन्तबिच घम्साघम्सी ।

    चितवन/उद्योग वाणिज्य संघ चितवनको ५७औं साधारणसभा तथा अधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको लागि आज अहिले बिहान ८ बजेबाट निर्वाचन शुरु भईसकेको छ। संघको अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र तृतीय उपाध्यक्ष सिरिष पन्तबीच प्रतिस्पर्धा हुँदै छ । नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने तालिका रहेको निर्वाचन समितिका संयोजक…

    Read More
  • अपराध/दुर्घटना

    बिचौलियामार्फत ट्रायल नै नदिई घरघरमै लाइसेन्स

    काठमाडौँ/करोडौँ रुपैयाँ घोटाला गर्दै अयोग्य नागरिकलाई लाखौँको सङ्ख्यामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाँडेर ज्यान जोखिममा पार्ने काममा यातायात व्यवस्था विभागका उच्च पदस्थ कर्मचारीहरू नै संलग्न रहेको पाइएको छ । लाखौँ नागरिकले ट्रायल पास गरेर पनि एक वर्षसम्म स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमति पत्र) नपाउने तर बिचौलियामार्फत ट्रायल नै नदिएकालाई घरघरमै लाइसेन्स नै पुर्‍याइदिने काममा…

    Read More
  • मुख्य पृष्ठ

    सहरी क्षेत्रमा अझैं मिटरब्याजको धन्दा भयानक ! राज्य किन बेखबर ?

    काठमाडौं/सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न गठन गरेको उच्चस्तरीय आयोगले दिएको प्रतिवेदन थन्क्याएर राखेको बेला त्योभन्दा ठूलो मिटरब्याजको धन्दा छानबिनभित्रै नपरेको खुलासा भएको छ । मिटरब्याजको धन्दा चलाउने संगठित गिरोहहरुले केही दैनिक पत्रपत्रिकाहरुमा केही सय रुपैयाँमा वर्गीकृत विज्ञापन छपाएकै आधारमा मिटरब्याजको आफ्नो करौडौँको साम्राज्य खडा गरेको देखिएको छ । विशेषगरी अप्ठ्यारोमा परेका व्यक्तिहरु अर्थात् वैदेशिक रोजगारीमा जान लागेका…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशन पर्यटकीय नगरी गोलाघाटमा

    चितवन/भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशन पर्यटकीय नगरी गोलाघाटमा समपन्न भएको छ । नगरसभाको अर्धबार्षिक कार्य प्रगतिको समिक्षा एंव पुरक बजेट र केही ऐन संशोधन लगायतका प्रस्ताव सहित अधिवेशन समपन्न भएको हो । अधिवेशनले क्षेत्रगत कार्यक्रम मध्येबाट ४५ वटा योजनालाई संशोधन गरेर बजेट रकामन्तर गरेको छ । रकामान्तरण भएका योजना मध्ये सडक, ढल, धार्मिक मठ…

    Read More
  • मुख्य पृष्ठ

    शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

    काठमाडौँ/संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन सरकारको अपिलपछि संयुक्त राष्ट्रसङ्घले शान्ति मिसन बन्द गरेको हो । शान्ति मिसन बन्द भएसँगै त्यहाँ खटिएका नेपालसहित विभिन्न मुलुकका शान्ति सैनिकलाई फिर्ता बोलाइएको छ । मिनुस्मा मिसन नाम दिइएको…

    Read More
  • चितवन सेरोफेरो

    सडक पूर्वाधार विकासको विकासको आधार हो: प्रमुख दाहाल

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको पहिलो आधार सडक भएकाले सडकलाई प्राथामिकता दिएको बताउनुभएको छ । शनिबार नेपाल रेडक्रस सोसाईटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख दाहालले सडक पूर्वाधार निर्माण भएपछि मात्रै जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । प्रमुख दाहालले भरतपुरको विकास यतिकै नभएको बताउदै उहाँले जनप्रतिनिधिको सक्रिय…

    Read More
  • मुख्य पृष्ठ

    लाइसेन्स वितरणमा व्यापक अनियमितता, बाँडियो हजारौं अवैध लाइसेन्स

    काठमाडौं/यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ। विगत ६ महिना यता लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स वितरण भएको पाइएको हो। स्रोतका अनुसार कर्मचारी र बिचौलियाको सेटिङमा त्यस्तो कार्य भएको पाइएको…

    Read More
  • मुख्य पृष्ठ

    गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने

    काठमाडौँ/गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्ने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा नलाग्ने व्यवस्था गरेको हो । यसअघि नेपालमा लगानी ल्याउन न्यूनतम सीमा दुई करोड…

    Read More