Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवनको यातायात र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा, नगदसहित समातिए कर्मचारी र बिचौलिया

    चितवन/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भरतपुर र महालक्ष्मी ड्राईभिङ सेन्टरमा छापा मारेको छ । अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालयका सहायक (पाँचौं) ईन्द्रजित गुरुङको कार्यकक्षबाट एक लाख पचासी हजार रुपैयाँ नगदसहित निज ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठक समेतलाई यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको अख्तियारको प्रवक्ता राजेन्द्र कुमार पौडेलले नारायणी…

    Read More
  • गर्भवती–सुत्केरीलाई निरन्तर पोषण सामग्री

    कञ्चनपुर/गर्भवती–सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शुक्लाफाँटा नगरपालिका–३ ले निरन्तर रुपमा निःशुल्क पोषण सामग्री उपलव्ध गराउदै आएको छ । कार्यक्रम अन्तर्गत वडा कार्यालयले सुत्केरीलाई अण्डा, चना, साबुन, नून र रुमाल प्रदान गर्दै आएको छ । यी सामग्री सस्ता देखिए पनि यसको प्रभाव गहिरो र दीर्घकालीन रहेको पिपलाडी आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक (एचए) दिलबहादुर धामी बताउनुहुन्छ…

    Read More
  • ” डेङ्गुको क्रम बढ्दो”

    काठमाडौँ/गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि अस्पताल आउनुभएका थिए । उहाँमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यो अवस्था भनेको कडा वा जटिल डेङ्गुको सङ्केत हो । यसलाई ‘डेङ्गु वार्निङ’ सङ्केतका रुपमा पनि लिइन्छ । गत वर्ष काठमाडौँमा डेङ्गुले खासै चर्चा नपाएको भए तापनि धेरै सङ्क्रमितमा नाकबाट रगत बग्ने समस्या लिएर…

    Read More
  • नेपालमै पहिलोपटक चितवनमा रक्तदान महोत्सव हुने

    चितवन/ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा नेपालमै पहिलोपटक रक्तदान महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर यही शनिबार जेठ ३१ गते भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा रक्तदान महोत्सव हुन लागेको हो । आयोजक ब्लड डोनर्स सोसाइटी चितवनले आज पत्रकार सम्मेलन गरी एकैदिन एक हजार ५ सय पिन रगत संकलन गर्ने गरी…

    Read More
  • इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा

    तेल अभिभ/इजरायलले इरानमाथि हमला गरेको घोषणा गरेको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जका अनुसार देशमा संकटकाल घोषणा गरिएको हो। ‘इजरायलले इरानमाथि गरेको हमलापछि, इजरायली नागरिक र देशमाथि क्षेप्यास्त्र तथा ड्रोन हमला हुने तत्काल सम्भावना रहेको’ काट्जले एक वक्तव्यमा भनेका छन्। इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार तेहरानमा लगातार विस्फोटहरूको आवाज सुनिएको छ। इजरायलको प्रारम्भिक हमला…

    Read More
  • मौसमः यी स्थानमा आज भारी वर्षा हुने

    काठमाडौं/हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र…

    Read More
  • भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

    चितवन/भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा गरिएको छ । यसअघि पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले बिहीबार भरतपुर महानगर सभाहलमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो । तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४ मा पूर्ण खोप घोषणा गरिएको थियो…

    Read More
  • नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने

    काठमाडौँ/नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले यही जुन १० मा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक कार्यक्रममा सो समझदारीपत्रमा हस्ताक्षर…

    Read More
  • मुग्लिन मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

    चितवन/पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनमलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो । नागढुङ्गा(मुग्लिन) सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम…

    Read More
  • नेप्से परिसूचक ९.०८ अङ्कले घट्दा साढे १२ अर्बको कारोबार

    काठमाडौँ/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.०८ अङ्क अर्थात् शून्य दशमलव ३४ प्रतिशतले घटेर दुई हजार ६५५ दशमलव ३८ अङ्कमा सीमित भएको छ । विभिन्न तीन सय ११ कम्पनीका दुई करोड ८६ लाख सात हजार ६५८ कित्ता शेयर एक लाख दुई हजार ८९५ पटक खरिद बिक्री हुँदा रु १२ अर्ब ५१ करोड ५३ लाख ८…

    Read More