Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • नेप्से परिसूचक सामान्य गिरावट

    काठमाडौँ/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव २२ अङ्कले घटेर दुई हजार छ सय दशमलव ५३ को बिन्दुमा कायम भएको हो । आज तीन सय १६ कम्पनीका एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर ६२ हजार ७५५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७६…

    Read More
  • इरानी अधिकारीहरुले भने– युद्धविराम पूर्णतया झुट

    काठमाडौं/इजरायल र इरानबीच युद्धविराम भएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई इरानी अधिकारीहरुले झुटो भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको भने पनि, इरानी इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बद्ध फार्स समाचार एजेन्सीले उच्च स्रोतलाई उद्धृत गर्दै उक्त घोषणा ‘पूर्ण रूपमा झुट’ भएको रिपोर्ट गरेको छ । उक्त नाम…

    Read More
  • इरानले इजरायलतर्फ हान्यो मिसाइल

    काठमाडौं/इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणालाई इरानी अधिकारीहरुले खण्डन गरिरहेका बेला इरानले इजरायलमा आक्रमण गरेको हो । इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । इजरायली सेनाले खतराको संकेत स्वरुप साइरन बजेको…

    Read More
  • इजरायल र इरान युद्धविरामका लागि सहमत भएको ट्रम्पको दाबी

    काठमाडौँ/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम हुने दाबी गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई यो घोषणा गर्दैगर्दा खुसी महशुस भएको छ । इजरायल र इरानबीच एक पूर्ण युद्धविराम १२ घण्टामा । अर्थात् अबको ६ घण्टापछि लागू हुनेछ । पहिलो १२ घण्टाका लागि इरान तयार हुनेछ । र अर्को १२ घण्टामा…

    Read More
  • यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा…

    Read More
  • देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो – उपसभापति डा वाग्ले

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले तनहुँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा प्रतिनिधित्वगर्नुहुन्छ । लामो समय नेपाली कांग्रेसमा क्रियाशील उहाँ विसं २०७९ को उपनिर्वाचनसँगै रास्वपामा प्रवेश गर्नुभएको हो । अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) सांसद वाग्ले मुलुकको आर्थिक क्षेत्रको विज्ञका रूपमा परिचित हुनुहुन्छ । आफ्नो समूहमा एसएलसी परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याइ चर्चा पाउनुभएका…

    Read More
  • उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

    चितवन/भरतपुर महानगरपालिकाले १७ औँ नगर सभाको अवसरमा असल करदाता, निर्माण व्यवसायी, कर्मचारी तथा खेलाडीलाई पुरस्कृत तथा सम्मान गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा घर बहालतर्फ सबैभन्दा बढी कर तिर्ने भरतपुर ३ का प्रेमकुमार श्रेष्ठ, व्यवसाय करतर्फ भरतपुर १ का रामनारायण श्रेष्ठ र वित्तीय संस्थातर्फ सिद्धार्थ बैंक भरतपुर ३ लाई सम्मान गरेको हो ।…

    Read More
  • भरतपुर महानगरपालिकाको १७ औँ नगरसभा सकियो

    चितवन/आइतबारदेखि वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा (आज) सोमबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास गर्दै सकिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि अनुमानित आय व्ययसहितको ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रूपैयाँको बजेट पास गरेको छ । १७ औँ नगर सभाले भरतपुर महानगरपालिकाको लेखा समिति, विधायन…

    Read More
  • उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

    काठमाडौँ/उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदानसँगै भएको वार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध आयाम, द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी र आगामी सम्भावनाबारे छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै…

    Read More
  • ‘एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध काम गरेका छौँ’

    पाटन,(ललितपुर)/ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध रुपमा काम गरेको बताउनुभएको छ । पन्ध्रौँ अन्तरराष्ट्रिय एकल महिला दिवसका अवसरमा मानवअधिकारका लागि महिला एकल महिला समूहद्वारा आज ललितपुरमा आयोजित समारोहमा मन्तव्य राख्दै महानगर प्रमुख महर्जनले एकल महिलाले धेरै पीडा भोग्नुपरेको कुराका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै आफ्नो पहिलो कार्यकालदेखि नै सहकार्य…

    Read More