Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चीनलाई ट्रम्पको धम्की- अमेरिकालाई खनिज चुम्बक नदिए २०० प्रतिशत कर लगाउँछु

    काठमाडौं/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनले अमेरिकालाई चुम्बक बिनारोकतोक उपलब्ध गराउनुपर्ने बताएका छन् । यदि, त्यसो नगरे चीनमाथि २०० प्रतिशत आयात कर वा अन्य कुनै प्रतिबन्धका उपायहरू लागु गर्ने धम्की दिएका छन् । दुई देशबीचको व्यापार विवादका बीचमा चीन दुर्लभ चुम्बक र तिनको आपूर्तिमा नियन्त्रणको विषयमा संवेदनशील बन्दै गएको छ । अमेरिकाले कर वृद्धिको जवाफमा…

    Read More
  • अकबरेबाटै लाखौँ आम्दानी

    तानसेन,(पाल्पा)/रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेल यस वर्ष अकबरे खुर्सानीबाट रु पाँच लाख बढी आम्दानी गर्ने योजनामा हुनुहुन्छ । वन्यजन्तुले हैरान पारेपछि वैकल्पिक खेतीका रुपमा अकबरेको खेती थाल्नुभएकी उहाँले भदौको पहिलो सातासम्म रु ६६ हजारको ३०० केजी खुर्सानी बिक्री गरिसक्नुभएको छ । अझै रु चार लाख ५० हजारको अकबरे फलेको उहाँको अनुमान छ । उहाँले पाँँच…

    Read More
  • राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको शिष्टाचार भेट

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज शिष्टाचार भेट गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताउनुभएको थियो । “यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन…

    Read More
  • १ अर्ब लगानीमा गोर्खामा मनकामना रिसोर्ट खुल्दै, दशैंदेखि सञ्चालनमा ल्याईने।

    चितवन/कुरिनटार/गोरखाको प्रख्यात धार्मिकस्थल मनकामना मन्दिर नजिकै करिब १ अर्ब बढीको लगानीमा अत्याधुनिक सुबिधा सम्पन्न मनकामना रिट्रिट रिसोर्ट सञ्चालनमा आउने भएको छ । आगामी दशैंभित्रै सेवा सञ्चालन गर्ने गरी रिसोर्ट निर्माण सम्पन्न भइसकेको र सञ्चालनको निम्ती आवश्यक प्रबन्ध तयारी भैंरहेको मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा प्रालिका अध्यक्ष विजय बहादुर मल्लले जानकारी दिनुभयो । रिसोर्ट निर्माण सम्पन्न…

    Read More
  • आज दर खाने दिन

    काठमाडौं/नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ। तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ…

    Read More
  • थारू समुदायले आज अटवारी पर्व मनाउँदै

    देउखुरी,(दाङ)/पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । घोराही उपमहानगरपालिका–१७ का थारू…

    Read More
  • भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

    काठमाडौँ/समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक नेपाल भ्रमणमा हुनुहुन्छ । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उहाँ आज काठमाडौँ आउनुभएको हो । भियतनामका लागि गैरआवासीय नेपाली राजदूत धनबहादुर ओली उच्चस्तरको यस भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गर्नुहुन्छ । नेपाल र…

    Read More
  • परारष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता

    काठमाडौँ/समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज यहाँ शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउनुभएकी उपराष्ट्रपति भोसँग मन्त्री डा राणाले भेटवार्ता गर्नुभएको हो । सो भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरुका साथै द्विपक्षीय हित र आपसी…

    Read More
  • बाँकेमा ८५ किलोमिटर सडक निर्माण

    नेपालगञ्ज/बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला निर्माण गरिएको छ । सडक पूर्वाधार विकास र सहरी विकास तथा भवन कार्यालयले क्रमशः ४५ र ४० किलोमिटर सडक बनाएका हुन् । सडक पूर्वाधार कार्यालयका प्रमुख दिपक खड्काले आव २०८१/०८२ ४५ किलोमिटर सडक र पक्की नाला निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी नेपालगञ्ज, खजुरा…

    Read More
  • आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशहरूमा पर्नेछ भारी वर्षा

    काठमाडौँ/हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भु–भाग साथै…

    Read More