Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

    काठमाडौँ/सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट आज सार्वजनिक गर्दै छन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् । अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि,…

    Read More
  • बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

    पाँचथर/मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।…

    Read More
  • ‘देशको बृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक छ’

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भए पनि मुलुकको बृहत्तर हितका लागि द्विदलीय साझेदारी आवश्यकयक भएको बताउनुभयो…

    Read More
  • मुख्य पृष्ठ

    सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

    लेखनाथ,कास्की/गण्डकी प्रदेशका विभिन्न जिल्लाका सात स्वास्थ्य संस्थालाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख प्रसान्त सिंह वगेलले एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । गोरखा जिल्ला अस्पताल, गोरखा नगरपालिका वडा नं ६, बेनी अस्पताल म्याग्दी, मनपाङ हेल्थपोष्ट…

    Read More
  • राष्ट्रिय

    हाँडीगाउँमा बृहत् रक्तदान

    काठमाडौँ/अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा धन्यन्तरी युवा समूहको आयोजना र ओम अस्पतालको सहकार्यमा हाँडीगाउँमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ आज सामाजिक उत्तरदायित्व र मानव सेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय, युवा, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको धन्यन्तरी युवा समूहका…

    Read More
  • चितवन सेरोफेरो

    कावासोतीको टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै

    त्रिवेणी,(नवलपरासी)/जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेसँगै यसलाई जोगाउन ताल सफाइ गर्न थालिएको छ । ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्तित्वनै सङ्कटमा पर्न थालेसँगै सफाइकार्य सुरु गरिएको हो । पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको ताल कावासोती नगरपालिका–७ र ८ मा पर्दछ । कावासोती तालका रूपमा समेत चिनिने यस तालको क्षेत्रफल…

    Read More
  • चितवनको बेस्ट ब्रेन एजुकेशनले ठगी गरेको भन्दै पीडितले मागे न्याय

    चितवन/चितवनको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसलाई वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गरेको आरोप लागेको छ । कन्सल्टेन्सीले भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित अञ्जु कंडेल, सागर भट्टराई र शान्ति कंडेललाई वैदेशिक रोजगारीमा युके पठाउने भन्दै करिब ७१ लाख ५० हजार रुपैयाँ ठगी गरेको पीडितले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका हुन् । वैदेशिक…

    Read More
  • लस एन्जलस प्रदर्शनको नालीबेली

    वासिङ्टन/अमेरिकामा राष्ट्रपति डाेनाल्ड ट्रम्पको आप्रवासन सम्बन्धी नीतिविरुद्ध दैनिक रूपमा विरोध प्रदर्शनहरू हुन थालेका छन् । त्यसलाई नियन्त्रण गर्नका लागि अमेरिकी सहर लस एन्जलसका मेयरले गत मंगलबार सहरको मध्ये क्षेत्रमा रातभर लागू हुने गरी कर्फ्यु घोषणा गरे । तर, त्यहाँको प्रदर्शन अमेरिकाको अन्य सहरहरूमा फैलिन थाल्यो । सङ्घीय सरकारले व्यावसायिक कार्यक्षेत्रहरूमा आप्रवासीहरू विरुद्ध छापा मार्न थालेपछि…

    Read More
  • चितवनको यातायात र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा, नगदसहित समातिए कर्मचारी र बिचौलिया

    चितवन/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भरतपुर र महालक्ष्मी ड्राईभिङ सेन्टरमा छापा मारेको छ । अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालयका सहायक (पाँचौं) ईन्द्रजित गुरुङको कार्यकक्षबाट एक लाख पचासी हजार रुपैयाँ नगदसहित निज ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठक समेतलाई यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको अख्तियारको प्रवक्ता राजेन्द्र कुमार पौडेलले नारायणी…

    Read More
  • गर्भवती–सुत्केरीलाई निरन्तर पोषण सामग्री

    कञ्चनपुर/गर्भवती–सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शुक्लाफाँटा नगरपालिका–३ ले निरन्तर रुपमा निःशुल्क पोषण सामग्री उपलव्ध गराउदै आएको छ । कार्यक्रम अन्तर्गत वडा कार्यालयले सुत्केरीलाई अण्डा, चना, साबुन, नून र रुमाल प्रदान गर्दै आएको छ । यी सामग्री सस्ता देखिए पनि यसको प्रभाव गहिरो र दीर्घकालीन रहेको पिपलाडी आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक (एचए) दिलबहादुर धामी बताउनुहुन्छ…

    Read More