वेस्ट इन्डिजविरूद्ध प्लेयर अफ द म्याच बने कप्तान रोहित
काठमाडौं/नेपालले वेस्ट इन्डिजविरूद्ध ऐतिहासिक जित दर्ता गर्दा कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच बनेका छन् । उनले बलिङ, ब्याटिङलर फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालका तर्फबाट सर्वाधिक ३८ रन बनाएका रोहितले३ ओेभर बलिङ गर्दा २० रन खर्चेर एक विकेट लिए । आजको खेलमा उनको कप्तानि पनि उत्कृष्ट रह्यो ।
पौडेलले आफूले पाएको अवार्ड जेनजी आन्दोलनमा शहीद भएकाहरूलाई समर्पित गरेका छन् । पौडेलले भने, ‘मेरो म्यान अफ द म्याच अवार्ड जेनजी आन्दोलनमा शहीद भएकाहरूलाई समर्पित गर्न चाहन्छु ।’