Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

    गण्डकी/पोखरा-मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र…

    Read More
  • संयुक्त सरकारले विकासको लहर ल्याएको छ : प्रधानमन्त्री ओली

    जलेश्वर/प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशमा विकासको लहर ल्याएको बताउनुभएको छ । महोत्तरी जिल्लाको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता मुलुकका दुई ठूला राजनीतिक पार्टी मिलेर बनेको वर्तमान सरकार विकास र सुशासनका पक्षमा अहोरात्र खटेको बताउनुभयो । उहाँले एमाले, कांग्रेस, लोसपा, जनमतसहितको वर्तमान संयुक्त सरकारले स्पष्ट नीति…

    Read More
  • विभिन्न कसुरमा चितवन राष्ट्रिय निकुञ्जले गर्‍यो ४४२ जनालाई पक्राउ

    चितवन/चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा निकुञ्जसम्बन्धी विभिन्न कसुरमा चार सय ४२ जनालाई पक्राउ गरी कारबाही गरेको छ । वनसम्बन्धी अपराधमा दुई सय ६६ र वन्यजन्तुसम्बन्धी अपराधमा एक सय ७६ जनालाई पक्राउ गरिएको हो । गैँडा मुद्दामा आठ, बाघसम्बन्धी मुद्दामा एक, बँदेलका २६, पन्क्षीका तीन, सालकका पाँच, माछाका एक सय २६, ढुङ्गागिट्टि, बालुवाका पाँच, घाँसदाउँराका…

    Read More
  • अटोरिक्सा मर्स्याङ्दीमा खस्दा ६ जना घाइते

    लमजुङ/लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्डमा आज अटोरिक्सा मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन् । बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटोरिक्सा बेँसीसहर(६ खरखरे भिरबाट मर्स्याङ्दीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो । गोरखाको आरुघाट गाउँपालिका–१ की ४५ वर्षीया स्यानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली…

    Read More
  • चितवनमा मनाइयो पुष्पलाल स्मृति दिवस

    चितवन/आज नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस । पुष्पलाल स्मृति प्रतिष्ठान चितवन शाखाले आज एक कार्यक्रम गरी दिवस मनाएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा अवस्थित प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा वामपन्थी निकट दलहरुको उपस्थिति रह्यो । कार्यक्रममा नेकपा एमाले चितवनका उपाध्यक्ष श्याम कुमार विष्ट, नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा…

    Read More
  • कसैले चाहँदैमा पार्टीको अस्तित्व समाप्त नहुने नेपालको दाबी

    कीर्तिपुर,(काठमाडौँ)/नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैले चाहँदैमा आफ्नो पार्टीको अस्तित्व समाप्त नहुने धारणा राख्नुभएको छ । पुष्पलाल स्मृति प्रतिस्ठानद्वारा आज कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको प्रेरणाबमोजिम अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । पुष्पलालले तत्कालीन सामाजिक परिस्थितिको सही विश्लेषण गर्नुभएको उल्लेख गर्दै उहाँले आफूले…

    Read More
  • ईनर ह्विल क्लव अफ भरतपुरको १५औं पद हस्तान्तरण ।

    चितवन/श्रावण, ६/चितवनमा ईनर ह्विल क्लव अफ भरतपुरले आफ्नो १५औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले भरतपुरमा एक भब्य कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण गरिएको हो । डिष्ट्रिक ३५०का चियरमेन आई डब्लु कमला क्षेष्ठको उपस्थितिमा भएको पद हस्तान्तरण कार्यक्रममा क्लवकी निवर्तमान अध्यक्ष्य गीता सुवेदीले नवनिर्वाचित अध्यक्ष माया खराल निउरे नेतृत्वको कार्य समितिलाई पद पदहस्तान्तरण गर्नु…

    Read More
  • डा पोखरेल ‘टेस्ला’ समूहको प्रमुख

    काठमाडौँ/विश्वव्यापी रुपमा व्यावसायिक सञ्जाल रहेको ‘टेस्ला’ समूहको प्रमुखमा सर्लाहीका डा शम्भु पोखरेल नियुक्त हुनुभएको छ । पूर्व सञ्चारकर्मीसमेत रहनुभएका डा पोखरेल ‘सिइओ क्लब ग्लोबल’मा आबद्ध भई व्यवस्थापन क्षेत्रमा क्रियाशील हुनुहुन्छ । डा पोखरेलले ऊर्जा तथा प्रविधि क्षेत्रमा विश्वव्यापी रुपमा प्रतिष्ठित कम्पनी ‘टेस्ला’ कम्पनीको प्रमुखको जिम्मेवारी नेपाली नागरिकले प्राप्त गर्नु हामी सबैका लागि गौरवको विषय भएको…

    Read More
  • प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पोः अशक्तलाई घरमै नागरिकता

    दमौली,(तनहुँ)/जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता प्राप्त गर्दाको क्षण उनका अभिभावमा खुसीको सीमा थिएन । मातृबात्सल्य नपाइएकी नवीनालाई ७७ वर्षीया हजुरबुबा बासुदेव खनालले पालनपोषण गर्दै आउनुभएको छ । म्याग्दे गाउँपालिका–१ गुणादीकी नवीनाको जन्म विसं २०६२ माघ ११ गते भएको थियो । विसं २०६८ मा उनीले आमा गुमाएकी थिइन् । बुबा पहिचान नभएकी…

    Read More
  • पौडी खेल्ने क्रममा डुबेर नवलपुरको हुप्सेकोटमा एक बालकको मृत्यु

    मध्यविन्दु,(नवलपरासी)/नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ । स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट–५ राम्चे बस्ने अप्सरा राई मगरको आठ वर्षीय छोरा आकाश राई मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार छ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न…

    Read More