Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    साढे ३३ किलो सुन काण्डका मुख्य आरोपी अग्रवाल तीन लाख धरौटीमा छुटे

    काठमाडौं/चार वर्षअघिको चर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी ५७ वर्षीय मोहनकुमार अग्रवाल मोरङ जिल्ला अदालतमा सोमबार हाजिर भएर तीन लाख रुपियाँ धरौटीमा छुटेका छन् । अदालतमा उपस्थित भएसंँगै प्रारम्भ भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश भरत लम्सालको इजलासले तीन लाख रुपियाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो…

    Read More
  • चितवन सेरोफेरो

    चितवन बन्द गराउन निस्किएका एक नेता पुल्चोकबाट प्रहरी नियन्त्रणमा

    चितवन/एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै आज चितवन बन्द आब्हान गरेको छ । बन्द सफल गराउन भन्दै हिडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनका चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु गाउँ प्रवेश गर्न थालेपछि नियन्त्रणको माग गर्दै ज्ञापनपत्र

    चितवन/रासस/चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । गैँडा, बँदेललगायत वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयवासीले नियन्त्रणको माग गर्दैै वडा कार्यालयमार्फत निकुञ्जलाई ज्ञापनपत्र बुझाएका हुन् । मध्यविन्दु नगरपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थान, इटौरा, रतनपुरलगायत क्षेत्रमा निकुञ्जबाट आउने गैँडा, बँदेललगायत वन्यजन्तुका कारण असुरक्षा बढेको…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना संक्रमण

    काठमाडौं/पछिल्लो २४ घण्टामा देशभर थप २ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ४ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १२जना गरी २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १…

    Read More
  • मुख्य पृष्ठ

    पूर्व डीआईजी रमेश खरेलद्वारा नयाँ पार्टी घोषणा

    काठमाण्डौं/नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डीआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए । पूर्व डिआइजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले…

    Read More
  • मुख्य पृष्ठ

    नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि भृकुटीमण्डपमा सुरु

    काठमाडौं/आज नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन हुँदैछ। महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले जनाएको छ । उद्घाटन कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् । विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने कांग्रेसले जनाएको…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २…

    Read More
  • मुख्य पृष्ठ

    सभापतिको उम्मेदवार टुंग्याउन कांग्रेसका दुवै पक्ष आन्तरिक छलफलमा

    काठमाण्डौं/सभापतिसहित पदाधिकारीको उम्मेदवार टुंग्याउन कांग्रेसका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक बोलाउनुभएको छ । सभापतिमा देउवा नै उम्मेदवार बन्ने निश्चित भएको छ भने पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लागेको छैन । संस्थापन समूहमा दुई उपसभापतिका लागि विजयकुमार गच्छदार र पूर्णबहादुर…

    Read More
  • मुख्य पृष्ठ

    आज राम–सीता विवाह महोत्सव मनाइँदै

    जनकपुर/हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी महोत्सव आज मनाइँदै छ । आज रामसीतको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर विवाह पञ्चमी मनाइन्छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन रामसीताको विवाह भएको सम्झनामा विवाह पञ्चमी मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । मिथिलावासीले…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहि अवधिमा ३ सय ४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ८१० जनाको नमुना परीक्षण भएको थियो । यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै, नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस…

    Read More