Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

    चितवन/समयमा काम भएको भए तीन वर्षअघि नै नारायणगढ–बुटवल सडकखण्ड चिल्लो भई यात्रा सहज हुन्थ्योे तर कछुवा गतिमा काम हुँदा अहिले पनि यो खण्डको यात्रा कष्टपूर्ण छ। सडक विस्तारका क्रममा भत्काइएका संरचना पुनर्निर्माण नहुँदा यात्रु ६ वर्षदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। अहिले दाउन्ने सडकखण्डको १३ किलोमिटर छिचोल्न मात्र घण्टौं लाग्छ। यो खवर…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन-पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै

    दमौली,(तनहुँ)/मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ । व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ । बागबजार खण्डमा बुधबार कालोपत्र…

    Read More
  • मुख्य पृष्ठ

    आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

    काठमाडौँ/विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो । एकदुई पटक हैन ३०औँ पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । विश्वविख्यात कीर्तिमानी कामीरिताका लागि भने यो काम ‘पानीको पँधेरो’…

    Read More
  • मुख्य पृष्ठ

    आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमा

    काठमाडौँ/सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ । विसं २०५५ मा बनेको उक्त ऐन २६ वर्षपछि कार्यान्वयनमा आएको हो ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलद्वारा पेस गरिएको प्रस्ताव यही वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि ऐन कार्यान्वयनमा आएको हो । ऐन कार्यान्वयनमा आएसँगै स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको…

    Read More
  • चितवन सेरोफेरो

    मौसमको प्रतिकुलताका बाबजुद पनि भव्यताका मिशन रेड न्यु इएर फेस्ट साथ सम्पन्न

    चितवन/युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न नयाँ वर्ष २०८२ को अवसर पारेर चितवनमा आयोजना गरिएको कन्सर्ट भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा गत चैत्र ३१ गते एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य कन्सर्ट आयोजना गरेको थियो । कन्सर्टलाई नारायणगढको इन्द्रदेव मार्गमा रहेको एप्पल गुरुले सह…

    Read More
  • मुख्य पृष्ठ

    आज हावाहुरी सहित वर्षाको सम्भावना

    काठमाडौं/आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । अहिले गहुँ, मसुरो जस्ता बाली काट्ने समय भएकाले आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्र बाली काट्नुपर्ने उनीहरुको सुझाव छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव छ…

    Read More
  • मुख्य पृष्ठ

    लागू औषध ब्राउनसुगरसहित २ जना मानिस पक्राउ

    मिति २०८२।०१।०२ गते अं.१५:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२६ विजयपुर स्थितमा लागू औषध कारोवार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला सर्लाही स्थाई वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा.वडा न.१४ चाउथे बस्ने बर्ष ४३ कोविक्की परियार रजिल्ला पर्वत स्थायी…

    Read More
  • मुख्य पृष्ठ

    जमुनाह नाकामा कडाइ

    राँझा,(बाँके)/सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली उपभोक्तालाई निरुत्साहित गर्न नेपालगन्जस्थित जमुनाह नाकामा कडाइ गरिएको छ । दैनिक उपभोग्यलगायत सबैजसो खाद्यवस्तु भारतीय बजारबाट नेपाल भित्रिँदा भन्सार राजस्व र नेपालगन्जको व्यवसायमा असर पुगेपछि मुख्य भन्सार नाका जमुनाहमा कडाइ गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । “एक सयभन्दा बढी मूल्यको वस्तु नेपाल ल्याउँदा भन्सार…

    Read More
  • मुख्य पृष्ठ

    सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो

    काठमाडौँ/नेपालको लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । इलाममा समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्र ‘भिओलेट कुक्कू’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । चराविद् राजेन्द्र गुरुङसमेतको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देख्नुभएको थियो ।…

    Read More
  • चितवन सेरोफेरो

    व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा, २३ मा मिलापत्र

    दमौली,(तनहुँ)/व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा दर्ता भएका छन् । यी चालु आर्थिक वर्ष र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दा हुन् । नगरपालिकामा फोहरमैला व्यवस्थापन, लेनदेन, साँध सिमाना विवाद, घरबहाल, कुलोपानी, जग्गा खिचलो, महिला हिंसालगायत मुद्दा दर्ता भएका न्यायिक समितिका संयोजक इन्दिरा दरैले जानकारी दिनुभयो । नगरपालिकाले दर्ता हुन आएका मुद्दामा मेलमिलापलाई प्राथमिकता दिएको बताउनुभयो…

    Read More