Breaking News

मौसमको प्रतिकुलताका बाबजुद पनि भव्यताका मिशन रेड न्यु इएर फेस्ट साथ सम्पन्न

चितवन/युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न नयाँ वर्ष २०८२ को अवसर पारेर चितवनमा आयोजना गरिएको कन्सर्ट भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ ।

नारायणगढस्थित नारायणी नदी किनारमा गत चैत्र ३१ गते एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य कन्सर्ट आयोजना गरेको थियो । कन्सर्टलाई नारायणगढको इन्द्रदेव मार्गमा रहेको एप्पल गुरुले सह प्रायोजन गरेकोे थियो ।

कन्सर्ट आयोजना हुने दिन साँझ ६ बजेसम्म पानी पर्ने र हावाहुरी चल्ने भइरहेको थियो । ६ बजेपछि भने रात भरि नै मौसम सफा थियो । दिउँसो ३ बजेबाट सुरु गरी १ बजेसम्म गर्ने भनिएको कन्सर्ट पानी बन्द भएपछि साँझ ६ः३० बाट सुरु भई राति ३ चलेको थियो । मौसमको प्रतिकुलताका बाबजुद पनि कन्सर्ट सफल भएको आयोजकले जनाएको छ ।

। १५ हजारभन्दा बढी दर्शक सहभागी गराउने गरी कन्सर्ट स्थलाई व्यवस्थापन गरिएको थियो । तर मौसमको प्रतिकुलताका कारण ६ हजार दर्शक कन्सर्टमा सहभागी भएका आयोजकले जानकारी दिएको छ ।

कन्सर्टमा चर्चित पाँच ब्याण्डको बेजोड प्र्रस्तुती रहेको थियो । कन्सर्टमा द एक्स ब्याण्ड, ‘कुटुम्ब, ‘मन्त्र’, ‘समिर श्रेष्ठ एण्ड द गुड ब्वाइज’ र ‘केहर एण्ड जोय’ ब्याण्डको प्रस्तुती रहेको थियो ।

युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न युवाहरुले रुचाउने सांगितीक ब्याण्ड ल्याएर कन्सर्टमार्फत रक्तदानप्रति उत्प्रेरणा जगाउन कन्सर्ट आयोजना गरिएको आयोजकले जनाएको छ । कन्सर्टमार्फत रक्तदानको चेतना फैलाउने लक्ष्य राखिएको थियो ।

साथै कन्सर्टबाट हुने आम्दानीबाट ब्लड एप्स बनाउने लक्ष्य आयोजकले लिएको छ । डेटा बेस म्यानेजमेन्ट सिस्टम राखेर एप्स बनाइने र एप्समा गएर आफूलाई चाहिएको रगत ग्रुप भएका मानिसहरु खोज्न सकिने तथा एप्सबाटै रक्तदानका लागि अपिल गर्न सकिने छ । यी लगायतका विभिन्न विशेषता समेटेर रगतको अभाव हटाउन ब्लड एप्स बनाउने योजना रहेको आयोजकले जनाएको छ । ‘म्युजिक फर ब्लड’ को नारा नै दिएर सांगितिक कार्यक्रम गरिएको थियो ।

एस डी फाउण्डेशनले चितवन सहित देशभर देखिएको रगत अभाव हटाउन मिसन रेड अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणा कार्यक्रम, सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन् ।

केही महिनाभित्रै देशभरका रक्तदाताहरु बोलाएर रक्तदाता सम्मेलन गर्ने तयारी अभियानको छ । मिसन रेड अभियानले एक वर्षभित्र ५ हजार पिन्ट रगत संकलन गर्ने, १० हजार युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धि तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ । हालसम्म अभियानले करिब २ हजार पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका करिब १०० वटा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । उक्त मिसन रेड अभियान अन्तर्गत नै कन्सर्ट आयोजना गरिएको आयोजकले जनाएको छ ।

sahid diwas