| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

    गण्डकी/पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानीको सहज आपूर्ति नहुँदा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो । टोलीले कार्यालय सहायक प्रमुख प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटी पानी सहज आपूर्ति नहुँदा पर्यटन क्षेत्रले भोग्नुपरेको समस्याबारे जानकारी…

    Read More
  • मुख्य पृष्ठ

    सुरक्षित पर्यटनका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी छः अध्यक्ष दाहाल

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभरि सुरक्षित पर्यटन तथा सार्वजनिक स्थानको उचित संरक्षणका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी रहेको बताउनुभएको छ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवी (मुक्कुमलुङ) जाँदै गरेको सवारीसाधनमा करेन्ट लाग्दा तीर्थालुहरूको निधन भएको घटनाले यस्तै पाठ सिकाएको उहाँको भनाइ छ । सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले…

    Read More
  • हर्कको साम्पाङले मेयर दाहाललाई भिजन के हो त्यो म सिकाउँछु भने

    चितवन/धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चितवन महानगरपालिकाका मेयर रेनु दाहाललाई जवाफ स्वरुप स्टाटस लेखेका छन्। मेयर राईले ठूला योजना गर्नु पर्थौ भन्ने दाहालको अभिव्यक्तिमा राईले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै जवाफ दिएका छन्। उनले दाहालका बुबा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा माग्दा २० लाख रुपैयाँ मात्रै छुट्याइदियो प्र‌संग निकाल्दै जवाफ दिएका…

    Read More
  • मुख्य पृष्ठ

    तटबन्ध नहुँदा बादी बस्ती जोखिममा

    कञ्चनपुर/कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च जोखिममा छ । नदी तटीय क्षेत्रमा रहेको बस्ती क्षेत्रतर्फ सोझिएको नदीले बर्सेनि जग्गा कटान गर्दै आएको छ । गुरुयोजना निर्माण गरी बस्ती जोगाउन तटबन्धको भरपर्दो व्यवस्था गरिदिनुपर्ने बस्तीका अगुव पदम राना ९बादी०ले बताउनुभयो । “नदी नियन्त्रण गरी भूक्षय भइरहेको जग्गा जोगाउन धेरै वर्षदेखि माग गर्दै आएका छौँ”,…

    Read More
  • एमाले भरतपुरको अध्यक्षमा पुनः शंकर थपलिया

    चितवन/नेकपा (एमाले) भरतपुर महानगर कमिटीको अध्यक्षमा पुनः शंकरराज थपलिया चयन भएका छन् । शनिबार राति सम्पन्न दोस्रो महानगर अधिबेशनले सर्वसम्मतबाट थपलियाको नेतृत्वमा ९५ सदस्यीय महानगर कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा दिलिप न्यौपाने, सचिवमा अशोक ज्ञवाली, उपसचिवहरुमा गिता श्रेष्ठ, दयाराम चौधरी चयन भएका एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । त्यसैगरी…

    Read More
  • खेलकुद

    स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो

    स्याङ्जा/स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएका छन् ।जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि सञ्चालित मेलामा भलिबलतर्फ शनिबार प्रिक्वाटरका सबै खेल सकिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।उनका अनुसार (भोलि) आइतबार क्वाटरफाइनलसँगै बाँकी सबै चरणका खेल सम्पन्न गर्ने तयारी छ । उनले क्वाटरफाइनलको पहिलो खेल ओरस्टे…

    Read More
  • खेलकुद

    पुन मगर समाजको ब्याडमिन्टन कभर्ड हल उद्घाटन

    पोखरा/नेपाल पुन मगर समाज पोखरा–३२ वडा समितिले निर्माण गरेको ब्याडमिन्टन कभर्ड हलको शनिबार उद्घाटन भएको छ । तल्लो गगनगौंडामा निर्मित कभर्ड हलको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुबले उद्घाटन गरिन् । समाजले ५२ लाख ७३ हजार १ सय ८३ रुपैयाँको लागतमा उक्त कभर्ड हल निर्माण गरेकोहो । कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका समाजका…

    Read More
  • धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैनः प्रचण्ड

    काठमाडौँ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादी केन्द्रले तपाईंहरूको साथ छाड्ने छैन । अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ,’ पछिल्लो पटक राजतन्त्र फर्काउने प्रयासस्वरुप भइरहेका विभिन्न आन्दोलनलाई…

    Read More
  • मुख्य पृष्ठ

    राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ: देवराज घिमिरे

    काठमाडौँ/सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताउनुभएको छ । असल शासन संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन–२०२५’मा उहाँले राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन प्रत्याभूत गर्ने प्रतिबद्धता आवश्यक भएको बताउनुभयो । “राजनीतिक नेतृत्व र निर्वाचित जनप्रतिनिधिले सुशासन कायम गर्ने, राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्न आवश्यक…

    Read More
  • मुख्य पृष्ठ

    शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने।

    काठमाडौँ /आन्दोलनरत शिक्षकहरूले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएका छन् । शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनु पर्ने अवस्था आएको उल्लेख गरेका छन् । महासङ्घको टोलीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । करिब २ घण्टा चलेको छलफलमा महासङ्घको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा…

    Read More