ईच्छुक स्मृति दिवसमा चितवनको भरतपुरमा बिबिध कार्यक्रम
चितवत। ईच्छुक स्मृति दिवसको सन्र्दभमा मंगलबार राजधानी काठमाण्डौं लगाएत देशैभर बिबिध कार्यक्रमहरु भए । मोफसलको चितवन भरतपुरमा पनि बिबिध कार्यक्रमहरु गरी महान शहिद पत्रकार एवं साहित्यकार कृष्ण सेन ईच्छुकको स्मृतीमा छुट्टाछुट्टै ४ वटा कार्यक्रम सम्पन्न भए । प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीले इच्छुक स्मृति दिवसको अवसरमा दिनको ३ बजे अन्तरक्रिया कार्यक्रम तथा पुरुस्कार घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।
सेन्टरका भरतपुर महानगर अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा माओवादी चितवनका सह इञ्चार्ज कञ्चन खनाल, भरतपुर नगरकमिटी अध्यक्ष एवं प्रदेशसभा सदस्य ईश्वर सापकोटा सुमन, सहिद स्मृति प्रतिष्ठान चितवनकी अध्यक्ष संगीता भट्टराईलगायत नेपाल पत्रकार महासंघका उपाध्यक्ष शान्ता अधिकारी, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका सचिव लक्ष्मण आर्चाय, जनपत्रकार संगठनका बागमति प्रदेश संयोजक सुर्य बराल समाजवादी प्रेस संगठन सहित पत्रकार सम्वद्ध बिभिन्न संघ सगठनका प्रतिनिधिले सेनको बारेमा मन्तव्य राखेका थिए ।
मंगलवार साँझ ५ बजे नै जनपत्रकार संगठन नेपाल बागमति प्रदेशको आयोजनामा इच्छुक स्मृतिको सन्र्दभमा वर्तमान समयमा सूचनाको हक र प्रेस स्वतन्त्रताको अवस्था बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम बागमती प्रदेश समन्वय समितीका अध्यक्ष सूर्य बरालको अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष शान्ता अधिकारी, प्रेस सेन्टरकी केन्द्रिय उपाध्यक्ष शान्ता अधिकारी, क्रान्तिकारी पत्रकार महासंघका प्रेम कँडेल, प्रेस सेन्टरका अध्यक्ष राजेन्द्र आचार्य, प्रेस चौतारीका केन्द्रिय निर्वाचन आयोग उपाध्यक्ष नबराज ढकाल, प्रेस युनियनका जिल्ला कोषाध्यक्ष राजु सापकोटा, जनपक्षिय बरिष्ठ अधिवक्ता गंगा बहादुर कोईराला, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रबिन्द्र खनाल, नेकपा माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी र नेकपाका केन्द्रिय सदस्य उत्सव सी लगाएतले ईच्छुकको योगदान र बलिदानको गाथा बारे चर्चा गरेका थिए ।
सो कार्यक्रम जनपत्रकार संगठन नेपालका जिल्ला अध्यक्ष होमनाथ न्यौपानेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको समाप्ती पछी साँझ जनपत्रकारहरु सहित नेकपाका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यलय अगाडीको सडकमा दिप प्रज्वलन गरेका थिए । प्रेस सेन्टर नेपाल चितवन शाखाले समेत मंगलवार साँझ भरतपुर १० चौविसकोठीमा दीप प्रज्ज्वलन गरि २३ औं इच्छुक स्मृति दिवस मनाएको थियो । पत्रकार तथा कवि कृष्णसेन इच्छुकको २०५९ साल जेठ १३ गते काठमाडौंको महेन्द्र पुलिस क्लवमा चरम यातना दिएर पासविक हत्या तत्कालिन सरकारले गरेको थियो ।