Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    गठबन्धनबाट मेयरमा रेनु दाहालको उम्मेदवारी दर्ता

    चितवन/चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागबन्डाका क्रममा भरतपुरको मेयर माओवादीले लिने सहमति गरेका थिए । आज सोमवार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दाहालले उम्मेदवारी…

    Read More
  • मुख्य पृष्ठ

    माओवादीका अध्यक्ष ‘प्रचण्ड’ले पत्रकार सम्मेलन गर्दै

    काठमाण्डौं/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धनभित्रको समझदारीबारे पार्टीको औपचारिक धारणा राख्न सोमबार पत्रकार सम्मेलन गर्दै छन् । उनले पेरिसडाँडामा दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको निर्वाचनबारे कुरा राख्ने माओवादी केन्द्रले जनाएको छ । प्रचण्डले…

    Read More
  • मुख्य पृष्ठ

    आज मनोनयन दर्ताको अन्तिम दिन,ठूला दलले उम्मेदवारी दर्ता गर्दै

    काठमाण्डौ/आज सोमबार स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् पालिका अध्यक्ष र मेयरमा ९८७, उपाध्यक्ष र…

    Read More
  • मुख्य पृष्ठ

    आज सातौँ भूकम्प स्मृति दिवस

    गोरखा/२०७२ साल वैशाखमा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पको आज सातौँ स्मृति दिवस, विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो भूकम्पमा परेर झन्डै नौ हजार मानिसको ज्यान गएकोे थियो । यस्तै, आठ लाखभन्दा धेरै…

    Read More
  • मुख्य पृष्ठ

    प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाण्डौ/हाल देशको पहाडी भूभागका केही स्थानमा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, राती देशको…

    Read More
  • Uncategorized

    भरतपुर महानगरको मेयरमा ११ जनाले दिए उम्मेद्बारी मुख्य भिडन्त रेणु र बिजय

    चितवन/स्थानीय तहको आसन्न निर्वाचनको निम्ति उम्मेद्बारी दिने पहिलो दिन आज चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा ११ जनाको उम्मेद्बारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरतपुरको मेयरमा मात्र आइतबार ११ जनाको उम्मेदवारी दर्ता भएको हो। महानगरकै उपमेयरमा पनि ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। नेकपा मालेले पोलिटब्युरो सदस्य सूर्यप्रसाद रेग्मीलाई भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार बनाएको…

    Read More
  • मुख्य पृष्ठ

    चितवनमा गठबन्धनले संयुक्तरुपमा भोलि मनोनयन दर्ता गर्ने

    भरतपुर/चितवनमा गठबन्धनले संयुक्तरुपमा भोलि मनोनयन दर्ता गर्ने भएको छ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) र उपमेयर नेपाली कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा भएको छ । भरतपुरबोहक अन्य पालिकामा भागबण्डा टुङ्गिए पनि उमेदवारको अझै टुङ्गो लागेको छैन । दलहरुले आज साँझसम्ममा उमेदवारको पनि टुङ्गो लगाउने तयारी गरेका छन् । ३० वैशाखमा हुन लागेको स्थानीय…

    Read More
  • मुख्य पृष्ठ

    कक्षा १२ को परीक्षाको समय तालिका फेरबदल

    काठमाडौँ/रासस/राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ । बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको छ । सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ…

    Read More
  • चितवन सेरोफेरो

    क्याप्टेन बिजय लामाले रेणुको प्रसंशा गर्दै भने जब म भरतपुर पुग्छु विकासको अनूभूति हुन्छ, नेतृत्व होस त यस्तो होस् !

    बैशाख ११, काठमाण्डौँ/नेपालका सर्र्वाधिक चर्चित पार्ईलटका रुपमा परिचित क्याप्टेन बिजय लामाले भरतपुर महानगरकी मेयर रेणु दाहालको प्रशंसा गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, हुन त मान्छेको नाम नै ठूलो हो भन्ने गरिन्छ तर म नाम भन्दा काम ठूलो भन्ने मान्यता राख्छु । एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट…

    Read More
  • मुख्य पृष्ठ

    मधेश प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन

    काठमाडौं/मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ । लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाका अनुसार क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हो । उनी दोस्रो संविधानसभामा सदस्य थिइन् । मधेश प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहिसकेकी झा हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत…

    Read More