Breaking News

क्याप्टेन बिजय लामाले रेणुको प्रसंशा गर्दै भने जब म भरतपुर पुग्छु विकासको अनूभूति हुन्छ, नेतृत्व होस त यस्तो होस् !

बैशाख ११, काठमाण्डौँ/नेपालका सर्र्वाधिक चर्चित पार्ईलटका रुपमा परिचित क्याप्टेन बिजय लामाले भरतपुर महानगरकी मेयर रेणु दाहालको प्रशंसा गरेका छन् ।
उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, हुन त मान्छेको नाम नै ठूलो हो भन्ने गरिन्छ तर म नाम भन्दा काम ठूलो भन्ने मान्यता राख्छु । एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट नियालिरहेको छु। जब जब भरतपुर पुग्छु भरतपुरले विकासको लय समातेको आभास हुन्छ। जसको नेतृत्व एक चेलीले गरिरहनुभएको छ। म उहाँलाई खासै चिन्दिन। न त निकट सम्बन्ध छ। तर भरतपुरको मुहारमा जे जति परिवर्तन ल्याउन खोज्नुभयो त्यसप्रति मेरो उच्च सम्मान छ। मैले उहाँलाई चिनेको भनेको भरतपुर नगरपालिकाको फेरिएको मुहारले गर्दा हो। एउटा नेपाली चेलीले अगाडि बढाएका योजना, गरेको विकास र उपलब्धी साँच्चै गर्व गर्न लायक छ। उहाँले गरेका उदाहरणीय कामलाई नजरअन्दाज गर्न सकिँदैन। पार्टी जुनसुकै होस् व्यक्ति र परिवेश जस्तो सुकै होस् हामीलाई चाहिएको विकास र समृद्धि हो। विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्ने नेता नै नेपाली जनताको रोजाई बन्नुपर्छ। यस्तै चेलीहरु नेतृत्वमा आएर खुरुखुरु काम गरेर देशलाई समृद्ध बनाउनुपर्छ।
जय चन्द्र सुर्य ।
आफूले रेणु दाहाललाई नजिकबाट नचिनेको र सम्बन्ध पनि नरहेको तर भरतपुर पुग्दा विकासले लय समातेको अनूभूति हुने गरेको भन्दै विकास र समृद्धिका लागि दिलो ज्यान दिएर लाग्ने चेली ( रेणु दाहाल ) जनताको रोजाई बन्नु पर्ने सुझाव दिएका छन् ।
थुप्रै मान्छे विकास गर्छु भन्दै मेयरको कुर्सीमा रहेको र फेरी बस्ने चाहना सहित अघि बढेको भन्दै कसले कति काम गरे त्यसको लेखाजोखा गर्नु पर्ने बताए ।
उनले अगाडी लेखेका छन्, यस्तै चेलीहरु नेतृत्वमा आएर देशलाई खुरु खुरु काम गरेर देशलाई समृद्ध बनाउनु पर्छ ।
गठबन्धनका तर्फबाट यस पटक पनि भरतपुर महानगरपालिकामा माओवादीबाट रेणु दाहाललाई उम्मेद्धार बनार्ईएको छ ।

sahid diwas