Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    नेपाली सेनाको चार हजार रिक्त पदमा आवेदन माग

    काठमाण्डौं/नेपाली सेनाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार हजार पदमा सेनाले आवेदन माग गरेको हो। आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ…

    Read More
  • मुख्य पृष्ठ

    आज १०९ औँ बिपी जन्मजयन्ती

    काठमाडौँ/रासस/नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शुक्रबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई…

    Read More
  • मुख्य पृष्ठ

    आज एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाण्डौं/हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।…

    Read More
  • अपराध/दुर्घटना

    सन्दीप लामिछानेलाई क्यानले निलम्बन गर्‍यो

    काठमाण्डौ/क्रिकेट एसोसिएशन नेपाल (क्यान)ले राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। १७ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानबाट हटाइएको जनाएको हो। गएको मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको…

    Read More
  • चितवन सेरोफेरो

    अमलेखगञ्जदेखी लोथरसम्म पाइपलाइन बनाउन सैद्धान्तिक स्वीकृति

    काठमाण्डौं/बाराको अमलेखगञ्जदेखी चितवनको लोथरसम्म पाइपलाइन बनाउन सरकारले सैद्धान्तिक स्वीकृति दिएको छ । अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन ६२ किलोमिटर लामो हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । हाल भारतको मोतिहारीदेखि आमलेखगञ्जसम्म ६९ किलोमिटर पाइलाइन सञ्चालनमा छ । सो पाइपलाइन अब लोथरसम्म आइपुग्ने छ ।

    Read More
  • अपराध/दुर्घटना

    सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

    काठमाण्डौं/नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले बिहीबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए। ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसुरमा सन्दीप लामिछानेमाथि थप…

    Read More
  • मुख्य पृष्ठ

    कानुनी रुपमा पुष्टि नभइञ्जेल क्यानले सन्दीपलाई कुनै पनि कारबाही नगर्ने

    काठमाडौं/रासस/राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताउनुभयो । “सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी…

    Read More
  • मुख्य पृष्ठ

    दसैंको फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन रोक

    काठमाण्डौं/दसैंको फूलपातीको अघिल्लो दिनदेखि टीकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले बुधबार सरोकारवाला निकायसँग छलफल गर्दै दसैंको यातायात सु–व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै सष्टीदेखि एकादशी ९दसैंको टीकाको भोलिपल्ट० सम्म मालवाल गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । दसैंका समयमा बढ्ने सार्वजनिक यातायातको चाप र सडक सुरक्षालाई ध्यानमा…

    Read More
  • मुख्य पृष्ठ

    थप २३० जनामा कारोना संक्रमण, २ जनाको मृत्यु

    काठमाण्डौ/देशभर पछिल्लो २४ घण्टामा थप २३० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमण पुष्टि भएको हो । सो समयावधिमा ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    पहिराको कारण मकवानपुरको सिस्नेरी सडकखण्ड बिहानैदेखि अवरुद्ध

    मकवानपुर/रासस/मकवानपुरको सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ तिरतिरेधारामा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार सडक विभागका कर्मचारीले अहिले पहिरो हटाइरहेका छन् । आज अपराह्नसम्ममा यातायात सेवा पुनः सञ्चालनमा ल्याइने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए । पहिरोका कारण हेटौँडा–भीमफेदी हुँदै…

    Read More