नेपाली सेनाको चार हजार रिक्त पदमा आवेदन माग

काठमाण्डौं/नेपाली सेनाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो ।
भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार हजार पदमा सेनाले आवेदन माग गरेको हो।

आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एक हप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको हो ।