| 
  • चितवन सेरोफेरो

    चितवनमा पाँच सय बढीमा डेङ्गी सङ्क्रमण

    चितवन/जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन्भने एक सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम…

    Read More
  • चितवन सेरोफेरो

    नेकपा (एमाले) भरतपुर ४ को अध्यक्षमा महेन्द्र पौडेल

    चितवन/नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका ४ को अध्यक्षतामा महेन्द्र पौडेल चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनले सर्वसम्मतबाट पौडेलको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा उमाकान्त कँडेल, सचिवमा टिकाराम सापकोटा, उपसचिवहरुमा विश्व देवकोट र नेत्रकुमारी रावल चयन भएका छन् । अधिवेशनले वार्षिक कार्ययोजना २०८१ समेत प्रकाशित गरेको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरले दियो २ सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

    चितवन/  भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थी ले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्य विधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ-मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटनाः १५ जना घाइते,उपचार हुँदै ।

    चितवन/चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो । बसमा आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले…

    Read More
  • अपराध/दुर्घटना

    तनहुँ दुर्घटनका मृतकको शव भारतीय एयरफोर्सको जहाजबाट भारत लगियो

    चितवन/तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव भारत लगिएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपरान्ह भरतपुर बिमानस्थलबाट भारत लगिएको हो । मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ…

    Read More
  • चितवन सेरोफेरो

    भ्रमण वर्षको अवसरमा कार्तिक महिनामा धार्मिक महोत्सव सञ्चालन हुन्छ: प्रमुख दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि लिएको संकल्प पुरा भएको बताउनुभएको छ । होटल व्यवसायी संघ चितवनको २८ औ साधारण सभालाई सम्बोधन गर्दै प्रमुख दाहाले भ्रमण वर्षको अवसरमा पर्यटन प्रवर्धन हुने महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटे बाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज…

    Read More
  • चितवन सेरोफेरो

    अण्डाको माग बढ्यो, मूल्य बढाइयो

    चितवन/भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताउनुभयो । उहाँका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा…

    Read More
  • अपराध/दुर्घटना

    तनहुँ बस दुर्घटनाः भरतपुर अस्पतालमा मृतकका शवको परीक्षण सुरु

    चितवन/पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

       चितवन/भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक (चैत–असार) भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । शुक्रबार भरतपुर–७ स्थित विपी कोईराला मेमोरिय क्यान्सर अस्पताल सभाहलमा भएको सार्वजनिक सुनुवाईका क्रममा वडावासीले महानगरले दिने सेवालाई थप जनमुखी बनाउन सुझाव दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले ४ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो…

    Read More
  • चितवन सेरोफेरो

    असहाय बालबालिकाहरुको सहयोगार्थ सांगीतिक साँझ !

    चितवन/चितवनको भरतपुरमा भदौँ ७ गते असहाय बालबालिकाहरुको सहयोगार्थ सांगीतिक साँझ हुने भएको छ। ब्राईट स्टार सांगीतिक साँझ हुने भएको हो । ब्राईट स्टार समाज नेपाल भरतपुरमा आश्रित बालबालिकाहरुको सहयोगार्थ होटल सिराईचुलीमा म्यूजिकल ईभेन्ट्स २०८१ अन्र्तगत (ब्राईट स्टार सांगीतिक साँझ) हुन लागेको आयोजक पक्षले जनाएको । विगत लामो समयदेखि चितवनमा ईभेन्ट्स तथा सांगीतिक कार्यक्रम गर्दै आएका…

    Read More