Breaking News
 | 
  • चितवन सेरोफेरो

    शक्तिखोरमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा

    चितवनको शक्तिखोरमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारले घोषणा गरेको छ । शक्तिखोरमा औद्योगिक ग्रामको स्थापनाको लागि बजेट विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा बताएका हुन् ।

    Read More
  • चितवन सेरोफेरो

    पथलैया-हेटौंडा-नारायणगढ सडक खण्ड विस्तार गर्ने घोषणा

    काठमाण्ड/सरकारले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने पथलैया हेटौंडा नारायणगढ सडक खण्ड विस्तार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाराको पथलैयादेखि मकवानपुरको हेटौंडा हुँदै चितवनको नारायणघाटसम्मको सडक खण्डलाई ४ ल्यानमा विस्तार गर्ने बताएका हुन् ।

    Read More
  • मुग्लिन सडकखण्डमा हायस र कार माथि पहिराे खस्याे

      नारायणगढ । मुग्लिन सडकखण्ड अन्तर्गत  इच्छाकामना गाउँपालिका वडा नं. ६ तोपेखोलामा गुडिहेको हायस माइक्रो र कार माथि पहिरो खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग १ ख ९९०९ नम्बरकाे यात्रुबाहक हायस माइक्रो र प्रदेश ३– ०१ –०२३ च ०५३५ नम्बरको कार माथि करिब सवा ५ बजेतिर पहिरो खसेको हो ।        पहिरोसगैँ…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन–नागढुंगा सडक विस्तारको काम सुरु हुनै सकेन

    काठमाडौं, जेठ १४, साइट क्लियर नहुँदा मुग्लिन–नागढुंगा सडक विस्तारमा अवरोध भएको छ । विस्तारको काम ठेक्का लागे पनि साइट क्लियर नगरीदिँदा निर्माण कम्पनीलाई काम गर्न गाह्रो भएको हो। नागढुंगा–मुग्लिन सडक विस्तार आयोजना प्रमुख किरण कार्कीका अनुसार यस खण्डमा पर्ने १४० वटा घरटहराको मुआब्जा क्षतिपूर्ति वितरणका लागि करिब ३० करोड रुपैयाँ चाहिन्छ । आयोजनासँग त्यसका लागि…

    Read More
  • चितवन सेरोफेरो

    काठमाडौं महानगर प्रमुखमा बालेन साह, उपप्रमुखमा सुनिता डङ्गोल निर्वाचित !

    काठमाडौँ, जेठ १३/काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा ९एमाले०का सुनिता डङ्गोल विजय भएका छन् । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित भएका हुन्। ३२ वर्षीय साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ३४१ मत…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा जन्मने प्रत्येक छोरीको निशुल्क बिमा, भरतपुरबासीले अब निशुल्क खानेपानी पाउने !

    चितवन/भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख(मेयर) रेनु दाहालले आज बुधबार बिहान पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्त्वपूर्ण निर्णय गरेकी छन् । उनले अब भरतपुरमा जन्मिने प्रत्येक छोरीलाई नि:शुल्क बीमा गरिने पहिलो निर्णय गरिन् भने भरतपुरभित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई नि:शुल्क गरिने निर्णय गरेकी छन । छोरीलाई गरिने…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

    भरतपुर/चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले मंगलबार राति सपथ ग्रहण गरेका छन् ।जिल्ला समन्वय समितिको सभाहलमा जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले महानगरकी नवनिर्वाचित प्रमुख रेनु दाहाललाई सपथ ग्रहण गराएका थिए । दाहालले देश र जनताको हितमा काम गर्ने सपथ खाएकी थिइन् । लगत्तै प्रमुख दाहालले नवनिर्वाचित…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरवासीलाई निराश हुन दिन्नँ : मेयर रेनु दाहाल

    चितवन/रासस/भरतपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभयो । पालिका तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा रेणुको अग्रता कायमै

    चितवन/भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता कायमै राखेकी छन् । पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी उनले ५४ हजार २४४ गणना हुँदा ३२८४  मतान्तरले अग्रता लिएकी छन् । उनले २० हजार ५५७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार २७३ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९०२ मत पाएका…

    Read More
  • भरतपुरमा अन्तरजातीय विवाह गर्ने ३ जाेडीलाई सम्मान

    चितवन । भरतपुरमा अन्तरजातिय विवाह गर्ने ३ जोडीलाई सम्मान गरिएको छ । भरतपुर महानगरपालिका अन्तर्गतकाे दलित तथा सिमान्तकृत वर्ग उत्थान समितिले बिहीबार सम्मान गरेको हाे । भरतपुर महानगरपालिका वडा नं. ११ का सुरज परियार अनुमाया कुमाल, भरतपुर १३ का राजेश विक सन्ध्या तामाङ र भरतपुर २ का बद्रि बोहरा सृजना विश्वकर्माको जोडीलाई एक कार्यक्रमका विच…

    Read More