Breaking News
 | 
  • स्पेनलाई हराउँदै इंग्ल्यान्ड लगातार दोस्रोपटक च्याम्पियन

    काठमाडौं/फाइनलमा विश्वकप विजेतासमेत रहेको स्पेनविरुद्ध पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इंग्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ । आइतबार स्वीट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा परिणत भयो । यता, इंग्ल्यान्डका पाँचमध्ये तीन खेलाडीले…

    Read More
  • बुटवलस्थित जबई खेल मैदानमा कर्णेल उजिरसिंह थापा रङ्गशाला बन्दै

    लुम्बिनी/बुटवल उपमहानगरपालिका वडा नं १३ सालघारीस्थित जबई खेल मैदानलाई स्तरोन्नति गरी अन्तरराष्ट्रियस्तरको कर्णेल उजिरसिंह थापा रङ्गशाला बनाउने काम सुरु भएको छ । बुटवलको जितगढीमा भएको अङ्ग्रेज फौजसँगको लडाइँ जिती विश्वभर नेपालीको वीरता फैलाउने कर्णेल थापाको सम्मानमा आधुनिक एवं सुविधासम्पन्न रङ्गशाला बनाउने काम अघि बढेको हो । बुटवल उपमहानगरपालिकाले आव २०७६/७७ मा सो खेल मैदानलाई स्तरोन्नतिसहित…

    Read More
  • क्लबस्तरीय भलिबलः आधिखोला र पोखरा भेट्रान्सलाई उपाधि

    पोखरा/पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लबस्तरीयतर्फ आधिखोला न्यु दिल्लीले घान्द्रुक क्रोम्छे युवा समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । आधिखोलाले पहिलो सेट २५–१७ ले जितेपनि प्रतिस्पर्धात्मक बनेको…

    Read More
  • खेलकुद

    मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता आजदेखि

    महेन्द्रनगर,(धनुषा)/जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ मधेश प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले बुधबार जनकपुरधामामा पत्रकार सम्मेलन गरी हरेक प्रदेशबाट १२ जना खेलाडी सहभागी हुने बताउनुभयो । मधेशको मौलिकतालाई चिनाउने खेल भएकाले यो प्रतियोगिता महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । मधेश सुगम ठाउँ रहेकाले खेलकुदलाई जोड्यो भने खेलकुदमार्फत राष्ट्रको सम्पत्तिका रूपमा धेरै…

    Read More
  • खेलकुद

    स्कटल्याण्डले जित्यो त्रिदेशीय टी-२० शृंखलाको उपाधि

    काठमाडौं/टप अर्डरको ब्याटिङ नचल्दा नेपालले त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा स्कटल्याण्डसँग हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाललाई स्कटल्याण्डले ३४ रनले हराएको हो । स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो । रुपेश सिंह २२ बलमा ४३ रनमा नटआउट रहे । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३४…

    Read More
  • खेलकुद

    नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जित

    ग्लास्गो/ओपनर कुशल भूर्तेल र आरिफ शेखको प्रभावशाली प्रदर्शनमा बिहीबार नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले सजिलै पराजित गरेको छ । नेदरल्यान्ड्ससँग अघिल्लो खेलमा तीन सुपर ओभरसम्म खेलेर हारेको नेपालले त्यसको बदला लिएको हो । नेपालले १ सय ७५ रनको लक्ष्यलाई दुई बलअगाडि पूरा गर्‍यो । अन्तिम ओभरमा नेपाललाई जितनिम्ति ७ रन आवश्यक थियो । १९ औं ओभरको…

    Read More
  • खेलकुद

    नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

    काठमाडौँ/त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्धको खेलमा पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन । नेपाल पहिलो खेलमा सोमबार नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । अन्तरराष्ट्रिय ट्वान्टी–२० क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा खेलाइएको यो नै पहिलो…

    Read More
  • खेलकुद

    कीर्तिमानी खेलको तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सको जित

    काठमाडौं/स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा कीर्तिमानी बनेको खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा तीनपटकसम्म सुपर ओभर पुगेको यो पहिलो खेल हो । यसअघि भारतको घरेलु क्रिकेटअन्तर्गत महाराजा टी–२० क्रिकेटमा हबिल टाइगर्स र बेंगलुरु ब्लास्टर्सबीचको खेल तीनपटकसम्म सुपर ओभरमा पुगेको थियो । तेस्रो सुपर ओभरमा डच टोलीले एक रनको लक्ष्य पाएको थियो…

    Read More
  • खेलकुद

    क्लब वर्ल्डकप २०२५ : चेल्सीको विजयी सुरुआत

    काठमाडौँ/चेल्सीले क्लब वर्ल्डकप २०२५ मा मंगलबार विजयी सुरुआत गरेको छ । एटलान्टाको मर्सिडेज–बेन्ज स्टेडियममा भएको खेलमा चेल्सीले लस एन्जलस एफसीलाई २–० ले हरायो । यससँगै चेल्सीले समूह ‘डी’ को खेलमा तीन अंक बटुल्यो । त्यसमा पेड्रो नेटोले ३४ औं मिनेटमा पहिलो गोल गरेपछि इन्जो फर्नान्डेजले ७९ औं मिनेटमा दोस्रो गोल थपे । कुल ७१ हजार…

    Read More
  • पोर्चुगलले जित्यो नेसन्स लिग उपाधि

    काठमाडौँ /रुबेन नेभेसले पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेपछि पोर्चुगलले आइतबार स्पेनलाई हराउँदै नेसन्स लिगको उपाधि जितेको छ । म्युनिकमा भएको फाइनल २–२ को बराबरी टुंगेपछि टाइब्रेकरमा गएको थियो र त्यसमा पोर्चुगल ५–३ ले विजयी रह्यो । पोर्चुगलले नेसनस लिगको उपाधि जितेको यो दोस्रो पल्ट हो । निर्धारित समयको प्रतिस्पर्धामा पोर्चुगल दुई पल्ट पछाडि परेर पनि…

    Read More