Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    आज ख्रीस्टमस दिवस मनाईदै

    प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज यहाँ ख्रीस्टमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो ।…

    Read More
  • अपराध/दुर्घटना

    अतिरिक्त मूल्यको सिद्धान्त

    मालको मूल्य सामाजिक रूपबाट आवश्यक श्रमद्वारा निर्धारित हुने गर्दछ । मालहरूमा मूल्य श्रमबाट बन्दछ । यसको स्तर मालहरूको उत्पादनमाथि खर्च भएको श्रमबाट निर्धारित हुने गर्दछ । श्रमको मात्रा श्रमकालबाट मापन गरिन्छ । कुनै मालको उत्पादनका निम्ति आवश्यक श्रमको समयजति धेरै हुन्छ श्रमको मात्रा त्यति नै धेरै हुन्छ र मूल्य पनि त्यति नै माथि हुन्छ ।…

    Read More
  • चितवन सेरोफेरो

    बिवादित एसपी पन्त नआउने भएपछी :चितवनका एसपी दानबहादुर मल्लको सरूवा रोकियो

    चितवन/पुस ८/चितवनमा आउने भनि गृहमन्त्रालयले नाम सार्बजनिक गरेको लिष्टमा रहेकी एसपी गंगा पन्त जिल्ला आउन नपाउदै बिवादित भएसँगै सरुवा भईसकेका चितवन प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लको सरुवा रोकिएको छ । गत पुस ४ गते मल्लसहित २४ जना एसपीको सरूवा भई चितवनमा गंगा पन्त आउने सूचि गृहमन्त्रालयले सार्वजनिक गरेको थियो । केही वर्षअघि फेसबुक स्टाटसमा प्रचण्डलाई…

    Read More
  • अपराध/दुर्घटना

    एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

    इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना।७ख।३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नंको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार…

    Read More
  • मुख्य समाचार

    खण्डग्रास सूर्यग्रहण: इतिहासकै दुर्लभ ग्रहण, छ वटा ग्रह एकै स्थानमा आउँदै ग्रहण लागेको बेला के गर्ने र के नगर्ने ?

    काठमाडौँ । आगामी २०७६ साल पुस १० गते बिहिवार डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्य ग्रहण मूल नक्षत्र धनु राशिमा लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेट बाट सुरु हुने उक्त ग्रहण बिहान १० बजेर १  मिनेटमा मध्यम अवस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छाड्ने छ । उक्त ग्रहणको अबधि…

    Read More
  • मुख्य समाचार

    तीन तले मिनी पानीजहाजको सफल परीक्षण

    चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप ९मिनी पानी जहाज० सफल परीक्षण गरिएको हो । निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भने, आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण…

    Read More
  • मुख्य समाचार

    समाजवादी र नेकपाबीच खटपट

    संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र समाजवादी पार्टीबीच ‘खटपट’ सुरु भएको छ । समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कडा रूपमा प्रस्तुत हुन थालेका छन् । सत्ता साझेदार भए पनि प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण निर्णयमा समाजवादीलाई सहभागी गराउन छाडेका छन् । सरकार…

    Read More
  • अपराध/दुर्घटना

    सार्वजनिक जग्गा हिनामिना र भ्रष्टाचारमा किन बोल्दैन सरकार ?

    काठमाडौँ । नेपाल ट्रस्टको सार्वजनिक जग्गा हिनामिना र भ्रष्टाचारमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रत्यक्ष संलग्नता रहेको भन्ने सन्देश जनतामा जान लागेको कांग्रेस सांसद राधेश्याम अधिकारीले बताएका छन् । संघीय संसद राष्ट्रियसभाको सोमबारको बैठकमा सांसद अधिकारीले नेपाल ट्रष्टको सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिएको बारे आएका समाचारमा प्रधानमन्त्री र सरकारको…

    Read More
  • अपराध/दुर्घटना

    चिनियाँ गिरोहलाई पक्राउ गर्न चिनिया दूतावास नै सक्रिय

    काठमाडौं । पर्यटक भिसामा नेपाल प्रवेश गरेर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका चिनियाँ अपराधीको ठूलो गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले सोमबार राजधानीका मनमैजु, बूढानीलकण्ठ र महाराजगन्ज क्षेत्रबाट एकै दिन १ सय २० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा नव उधमीहरुको भेटघाट गोष्टी सम्पन्न

    चितवन/ चितवनको भरतपुरमा नव उधमी ब्यावसायीहरुको भेटघाट गोष्टी सम्पन्न भएको छ। भी ग्रुपको व्यवस्थापनमा भएको कार्यक्रममा ३० जना बिभिन्न क्षेत्रका ब्यावसायीहरुको उपस्थिती रहेको थियो। भरतपुरको होटल शुभाममा आयोजित गोष्ठीमा बिभिन्न किसिमका व्यवसायमा आवद्ध व्यक्तिहरुको उपश्थिति रहेको थियो। नव उद्धमी भेटघाट कार्यक्रममा २६ जना उद्धमी हरुको सहभागिता रहेको थियो । आफ्नो क्षेत्रमा भएका सबै व्यवसाय लाई…

    Read More