असहाय र गरिबलाई निशुल्क खान खुवाउदै ब्यबसायी ।

चितवन/लकडाउनको यो असहज परिस्थितीमा चितवनका चारवटा ब्यबसायीक संघसंस्थाहरूले खानपिनमा अभाव भएका बृद्ध तथा अशक्तहरुलाई उबासघ चितवनको परिसरमा खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिईहेका छन् ।

गत् चैत्र २८ गतेदेखि सामाजिक दुरी कायम गर्दै काम र माम नभएकालाई चितवन सुनचाँदी ब्यवसायी संघ, सुनचाँदी साकोस, बिस्वकर्मा साकोस र बिस्वकर्मा सुनचाँदी ब्यवसायी संजाल द्वारा सँयुक्त रुपमा निशुल्क खाना बितरण कार्यक्रम भईरहेको हो । हिजो बैशाख १० गतेसम्म् १२६५ जनालाइ निशुल्क खाना बितरण गरिएको नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष एवम् विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवनका अध्यक्ष विपिन रामुदामुले जानकारी दिए। उनका अनुसार यो कार्य लकडाउन अवधी भरि जारी रहनेछ ।

बिश्वभर महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसलाई नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन आह्वान गरेसंगै आयआर्जन श्रोत बिहिन रहेका श्रमिकहरु र खानपिनमा अभाव भएका बृद्ध तथा अशक्तहरूलाई ११ दिनदेखि आफुहरुले उद्योग वाणिज्य संघ चितवनको परिसरमा निशुल्क खाना खुवाउईरहेको साथै विहान ११ बजे देखि १ बजे सम्म खाना खुवाई रहेको पनि उनले जानकारी दिए ।