त्रिशुलीको भोर्लेमा अबैध ढुङगा गिट्टी उत्खनन

रातको १ बजे ढुङगा गिट्टी उत्खनन् गरिरहेका जेसिवी र ट्याक्टर प्रहरी नियन्त्रणमा

चितवन,भदौं १८(

नारायणगढ मुग्लीन सडक खण्डको त्रिशुली नदिमा अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको खुल्नमा आएको छ । सडक बनाउने ठेक्का लिईएका ठेकदार कम्पनिकै नाममा उत्खनन् र तस्करी भईरहेको हो । उक्त सडक खण्डको सो क्षेत्रमा रौताह कन्ट््रसन ले विगतमा सडक निर्माण गरेपनि हाल सो सडकको तलपटीको त्रिशुली नदीबाट उत्खनन् र ब्यापक मात्रमा ओसारपोसार भईरहेको हो । उक्त क्षेत्रमा क्रसर उधोग नै सञ्चालनमा ल्याईएको छ । सो क्रसर उधोग अबैध रुपमा सञ्चालन भएको सुचनाको आधारमा भण्डाफोर अभियानकर्मी त्यस स्थलमा पुग्दा त्याहाँ मनलाग्दी त्रिशुली नदीबाट नदीजन्य पदार्थको ब्यापक मात्रमा उत्खनन् र ओसारपोसार भईरहेको पाईएको थियो । सो क्रममा त्यस स्थानमा रहेको क्रसर उधोगका महेश रेग्मीलगाएतका कर्मचारीसँग क्रसर उधोग सञ्चालनको अनुमतिपत्र देखाउन अनुरोध गर्दा उनिहरुले देखाउन सकेनन् । सो उधोगका सञ्चालक बलराम खनालसँग कागजपत्र रहेको भन्दै उनिहरुले कागजपत्र आफुहरुसँग नरहेको जानकारी दिए । उता बलराम खनालसँग सम्पर्क गर्दा आँफुसँग कागजपत्र रहेको जिकिर गरेपनि सो कागजपत्र देखाउन माग गर्दा उनले कुनै कागजपत्र उपलब्ध गराउन सकेनन् । उल्टै बलराम खनालका छोरा रविन्द्र खनालले विना अनुमति क्रसर उधोगको फोटो लिएकाले कानुनविपरित फोटो लिएको केशमा मुध्धा हाल्ने ध्वाँस दिन भ्याए ।
यसरी त्रिशुली नदीमा क्रसर उधोग सञ्चालन गर्ने बलराम खनालले कागजपत्र देखाउन आलटाल गर्नुले कतैं भण्डाफोर अभियानलाई प्राप्त सुचना अनुरुप त्यो क्रसर उधोग अबैध त होईन ? गम्भीर आंशका देखिन्छ । कतै ठुलेै मिलेमतो र राजनितीक पहँुचको आधारमा त्रिशुलीमा क्रसर उधोग चलेको होईन । नियामक निकायहरु सचेत भई खोजी गर्न जरुरी देखिन्छ । यस विषयमा थप अनुसन्धान र खोजी गरी यस्को पर्दाफास गर्ने नै छौ ।
यसैविच सोही स्थान नजिकबाट चितवन प्रहरीले जेसिवी सहित तीन ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका २९ गाइघाट स्थीत त्रिशुली नदिमा रातको १ बजे ढुङगा गिट्टी उत्खनन् गरिरहेका उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ना १ क ५५९७ नम्बरको जेसिवीसंगै ग १ त ४१६४,ग १ त ४३१८ र ना ६ त ९०८१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नियन्त्रणमा लिइएको जेसिवी,ट्याक्टर र चालकलाई प्रहरी चौकी जुगेडीमा राखिएको पाईएको छ । उत्खनन्मा संलग्नबारे अनुसन्धान भैरहेको र उनिहरुलाई कानुन बमोजिम कारवाही गरिने प्रहरीको भनाई छ ।