सनलाईट इङलिस स्कूलको बसबाट उछिट्टिएर चितवनमा एक बालिकाको ज्यान गयो

चितवन, भदौं १८–
चितवनमा स्कूल बसबाट उछिट्टिएर एक बालिकाको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका–१४ स्थित भावना चोकमा सनलाईट इङलिस स्कूलको बसबाट उछिट्टिएर भरतपुर–२१ पार्वतीपुर निवासी अन्दाजी ५ वर्षीया बालिका सम्झना मिजारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । स्कूलबाट विद्यार्थीहरुलाई घर छोड्न हिड्दा अपरान्ह ४ः४० बजे सो दुर्घटना भएको हो ।
घाईते बालिकालाई अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।