भरतपुर कोराना अस्पताल चोरी काण्ड विवाद : मेयर–उपमेयरको वार्ता निष्कर्षविहीन ।

भरतपुर, १९ जेठ/भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको जिन्सी चोरी काण्ड विवादको अझसम्म छिनोफानो हुन् सकेको छैन। काण्डका आरोपितहरूको पछ विपक्षमा उभिएका महानगरपालिकाका मेयर र उपमेयर बीच आज९सोमबार० पटक पटक वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेको हो।

महानगर कार्यालयमा आज भएको तीन घण्टा लामो वार्ता निष्कर्ष विहिन बनेको वार्तामा सहभागी एक वडाध्यक्ष ले भण्डाफोर अभियान लाई जानकारी दिए।
दुवै पक्षका वडाध्यक्षहरु सहितको वार्तामा कुरो नमिलेको हो। चोरी काण्ड मा संलग्नलाई कारबाही गर्न दबाब दिन आन्दोलनमा उत्रिएका उपमेयर पार्वती शाह ठकुरी र मेयर रेनु दाहालबीच सोमबार दोश्रो चरणको वार्ता भएपनि कुरो नमिलेको ती वडाध्यक्ष ले जानकारी दिए । महानगरका सम्पूर्ण औपचारिक कार्यक्रमसमेत बहिस्कार गरेर आन्दोलनमा उत्रिएका कांग्रेसका उपमेयर सहितको टोली र चोरी नै हैन् भनी छानबिन गर्न नपर्ने तर्क दिने मेयरका पक्षका वडाध्यक्ष सहितको वार्ता निष्करषविहीन भएको हो।
उपमेयर सहित कांग्रेसका वडाध्यक्षहरुले अस्पतालको जिन्सी अपचलनमा मुछिएका महानगरका कर्मचारी फणीन्द्र खनाल लगायतलाई निलम्बन गरी छानबिन अघि बढाइयोस् भन्ने माग गरेका थिए । तर, मेयर दाहाल त्यसमा टस की मस नभएको ती वडाअध्यक्षले जानकारी दिए।
मेयर उपमेयर को बीचमा यसअघि जेठ ८ गते पनि वार्ता भएको थियो ।
वार्तामा सहभागी ती वडाध्यक्ष का अनुसार उप मेयरले कोरोना अस्पतालको घटनाका विषयमा छानबिन गरी सत्य बाहिर ल्याइदिन लिखितरूपमा प्रहरीलाई अनुरोध गर्नुपर्ने माग गरेकी थिइन् । “प्रहरीले लिखित उजुरी नआएकोले छानबिन गर्न सकिन्न भनेको छ । त्यसैले लिखित उजुरी गर्नुप¥यो भन्ने माग हाम्रो रह्यो”, उनले भने, “तर मेयरले यो कुरा मान्नुभएको छैन ।”
विवादित कर्मचारीलाई तत्कालै कारबाही गरेर कामबाट बाहिर राख्नुपर्यो भन्ने माग आफ्नो रहेको उपमेयर पार्वती शाहले बताइन् ।
स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृतसहित तीन घण्टासम्म चलेको वार्तामा मेयर दाहालले २४ घण्टा खटिएका कर्मचारीलाई कारबाही गर्ने कुरा आफूलाई मान्य नभएको बताएकी थिइन् । “उपमेयरले कि कारबाही गरौं, अहोरात्र खटिएकाले कारबाही गर्नुहुन्न भन्नेभए पुरस्कृृृत गरौं भन्नुभयो”, स्रोतले भन्यो ।
वार्तामा उपमेयर संयोजक रहेको समितिको प्रतिवेदन मेयरलाई बुझाइएको थियो । जेठ ८ गते बनेको समितिमा जसमा कानूनी सल्लाहकार भुपेन्द्रजंग पौडेल र गोपीलाल देवकोटा अनि महानगर कानून अधिकृत खगेश्वर अधिकारी सदस्य थिए ।
कोरोना अस्पतालको स्टोरबाट सामान अन्यत्रै लगिएको जस्तो देखिने सीसीटीभी फूटेज बाहिरिएपछि कांग्रेस वडाध्यक्षहरुले फूटेजमा देखिएका महानगरका कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् । फूटेजमा महानगरका लेखाअधिकृत खनाल र स्वास्थ्य कर्मचारी तिवारीसहित भरतपुर अस्पतालका सञ्जय बराल देखिएका छन् ।
उनीहरुले स्टोरबाट सामान चोरी गरी बिक्री गरेको आरोप उनीहरुलाई लागेको छ ।
फूटेजसँगै अस्पतालमा लाखौं अनियमितता भएको आरोप लागेपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ ।
तर, मेयरकै संयोजकत्वमा रहेको कोरोना नियन्त्रण कार्यदलले भरतपुर अस्पताललाई हस्तान्तरण भएपछि कोरोना अस्पतालको सामान सार्ने बेलाको फूटेजलाई अतिरञ्जित गरिएको र मुछिएका कर्मचारीहरुले सामान नचोरेको दावा गरेको छ ।