विप्लव नेतृत्वको नेकपा चितवन सेक्रेटरी दुर्गा सुवेदी रिहा।

चितवन/प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) का चितवन जिल्ला सेक्रेटरी दुर्गा सुवेदी रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि उनलाई जिल्ला प्रहरी कार्यालयले आज साँझ रिहा गरेको हो ।

सुवेदीलाई संगठित अपराधको अभियोगमा हिरासतमा राखी चितवन प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनका आफन्तले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सुवेदीलाई रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चले दिएको आदेश मुताविक उनी रिहा हुने निश्चित भए पनि प्रहरीले फेरि पक्रिने डरले प्रहरी प्रशासनसामु पार्टीबाट राजीनामा दिई स्वतन्त्र जीवन जिउने प्रतिबद्धता जनाएर रिहा भएका हुन् ।

हिजो मात्रै चितवन जिल्ला अदालतको आदेशले प्रहरीले नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई रिहा गरेको थियो । सुवेदी र शर्मालाई गत बैशाख २३ गते पक्राउ गरेको थियो ।