लकडाउनको विरोधमा उत्रिए चितवनका व्यवसायी : सटरमा टाँसे पोस्टर ।

चितवन/यी तलका नाराहरू को पोष्टर चितवनका व्यवसायिहरुले अत्यासिदो लक डाउन को विरोध गर्दै नारायणगढ बजार वरिपरिका पसलका सटरहरु मा टाँसिएको छ। उनीहरूले बजार खोल्नपाउनुपर्ने माग सहित बजार भरी पोष्टर टाँसेका हुन्। के के नारा छन् त पोष्टरमा हेरौं।
नाराहरू निम्न अनुसार रहेको छ।

आर्थिक विकास र रोजगारको आधार
उद्योग व्यवसाय संकटमा छ सरकार !
संकट समाधानका लागि हाम्रो खबरदारी

लकडाउनको पालना गर्दै
सुरक्षित व्यवसाय सञ्चालन आजको माग ।

लकडाउनको मोडालिटी परिवर्तन गर
आर्थिक गतिविधि खुकुलो पार ।

बैंक ब्याज, घरभाडा, कर्मचारीको तलब आजको समस्या,
सुरक्षित दूरी सहितको व्यवसाय सञ्चालन आजको आवस्यकता ।

जनस्वास्थ, जनजीवन र व्यवसाय हाम्रो सरोकार,
सावधानीपूर्वक सञ्चालन गरौं पेशा कारोवार ।

लकडाउनको विकल्प तुरून्त खोजौं,
संयमित र गतिशील उपाय रोजौं ।

मानव स्वास्थ्यको ख्याल राख्दै व्यापार सुचारु गरौं ।

कोरोनाको जगजगी अब सधैंलाई,
मात्र लकडाउन कहिले सम्मलाई ?

सुरक्षित व्यवसाय सञ्चालनको नियम प्रोटोकल बनाउ,
हामी व्यवसायीहरु पालना गर्न तयार छौं ।

लकडाउन थेग्न गाह्रो भो
खर्च धान्न साह्रो भो १