गुट्खामुक्त अभियान सफल बनाउन वे ग्रुपको प्लेकार्ड प्रदर्शन

चितवन । चितवनबाट सरसफाई लगाएतका क्षेत्रमा काम गर्दै छोट्टो समयमा आमजनमानसको नजरमा पर्न सफल वे ग्रुपले गुट्खा नियन्त्रण अभियान सञ्चालन गरेको छ । सरसफाइमा देशभरसक्रिय रहेको यो सामाजिक संस्था भरतपुरलाई गुट्खा मुक्त बनाउनुपर्ने भन्दै प्लेकार्ड र ब्यानर सहित महानगर कार्यालयमा प्रदर्शन गरेका छन् ।

आइतबार महानगरपालिकाको नगरसभा सुरु हुने स्थानमा वे ग्रुपका अभियान्ताहरुले गुट्खामुक्त महानगर घोषणा गरियोस लगाएतका प्ले कार्ड र ब्यानर ब्यानर सहित प्रदर्शन गरेका हुन् । उनीहरुले नगरसभा हुनुपूर्व करिब एक घण्टा ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरेका थिए ।

फोहोर र रोगको कारण गुट्खा भएको भन्दै उनीहरुले महानगरपालिकालाई गुट्खामुक्त पार्न प्रदर्शन गरेका ग्रुपका संयोजक भोजनारायण कँडेलले बताए । प्रदर्शनका क्रममा उनीहरुले भरतपुर महानगरपालिकाको पाँचौँ नगरपरिषद्बाट महानगरलाई गुट्खा मुक्त घोषणा गरियोस्, मेडिकल सिटीको रुपमा विकास भइरहेको महानगरलाई गुट्खामुक्त नगरको रुपमा विकास गरौँ ।

नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ सरसफाइ अभियान देशव्यापी बनाऔँ, वे ग्रुपको गुट्खामुक्त चितवन अभियान सम्बोधन गरियोस् जस्ता प्लेकार्डहरु प्रदर्शन गरेका थिए । ग्रुपले हरेक सोमबार विभिन्न सार्वजनिक स्थानहरुको सरसफाइ गर्दै सचेतनाका कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ ।