पत्रकार चित्र ‘सोल्टि’ गुरुङ लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत

काठमाण्डौ/१३ पुस/तमु सञ्चारकर्मी संघले हरेक वर्ष ल्होसारको अवसरमा वितरण गर्ने लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट पत्रकार चित्र ‘सोल्टि’ गुरुङ पुरस्कृत भएका छन् । संघले तमु पत्रकारिता पुरस्कार छनौट समितिको सिफारिसको आधारमा हरेक वर्ष ७ जना पत्रकारहरुलाई पृरस्कृत गर्ने गर्छ । सोहि अनुरुप तमु पत्रकारिता पुरस्कार छनौट समिति २०७६ ले सिफारिस गरे अनुसार पत्रकार गुरुङलाई यसवर्षको लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट आज टुडिखेल काठमाण्डौमा आयोजित ल्होसार विषेश कार्यक्रममा पृरस्कृत गरेको हो । पुरस्कारको राशी नगद १० हजार १ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
इच्छाकामना ६ चितवन निवासी पत्रकार गुरुङ इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रालिद्वारा सञ्चालित इच्छाकामना न्युज डटकम अनलाईनको सञ्चालक एवं कार्यकारी सम्पादक हुन् । पत्रकार गुरुङ हाल मनकामना एफ एम ९८.७ मेगाहर्जको स्टेशन म्यानेजरका साथै आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन् । यस्तै छ्याजालो मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित छ्याजालो न्युज डटकमका सञ्चालक एवं कार्यकारी सम्पादकको समेत उनले जिम्मेवारी सम्हालेका छन् ।

पत्रकार गुरुङसँगै पुरस्कृत हुने अन्यमा पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट रेडियो गोर्खाली कास्कीका स्टेशन म्यानेजर खिमा गुरुङ र नागरिक खबर डटकम काठमाण्डौका सम्पादक मनोज घर्तीमगर, सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कारबाट काँचुली खबर डटकम बाँकेका सम्पादक गजेन्द्र गुरुङ, तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट तमु मै ता टेलिभिजन कार्यक्रम प्रस्तोता पुनम गुरुङ, सीआई टेक बहादुर गुरुङ तथा रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट स्वदेश खबर डटकम सुनसरीका सम्पादक नबिन गुरुङ र तमु पत्रकारिता पुरस्कार (ल्होसार मूल आयोजक समिति)बाट प्राईम टेलिभिजन काठमाण्डौका भिडियो सम्पादक सृष्टि गुरुङ पुरस्कृत भएका छन् ।
पुरस्कृत पत्रकारहरुलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथी महिला बालबालिका तथा समाजकल्याण मन्त्री पार्वत गुरुङले नगद, सम्मानपत्र, फेटाका साथमा सम्मान गरिएको थियो ।