Breaking News

बजार भित्रिदैं नक्कली बीउ:  नियामकहरु बेखबर ।

चितवन/देशका सीमावर्ती जिल्लाहरुका अधिकांश बजारमा ब्यापारीहरुले भारतबाट अवैध रूपमा बीउबिजन आयात गरेको जानकारी आएको छ । ’राम्रो उत्पादन दिने गुणस्तरिय एवं हाइब्रिड’ का नाममा कमसल र भन्सार समेत छली गरी नक्कली धानका बिउहरु किसानको बारीसम्म भित्रिन शुरु भईरहेको भएपनि कृषि मन्त्रालयदेखि नार्क, जिल्ला कृषि कार्यालय, स्थानीय पालिकाका कृषि कार्यालय र जिल्लास्थित जिल्ला प्रशासन कार्यालयहरु समेत बेखबर रहेका छन् । चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दागं, बाँके, बर्दिया, सुर्खेत, कैलाली कञ्चनपुर, बारा, पर्सा रौतहट लगाएत ४५ भन्दा बढी जिल्लामा नक्कली बिउहरु भित्रिईसकेको श्रोतको दाबी छ । श्रोतका अनुसार यो कार्यमा बिगत देखि यहि क्षेत्रमा नाम र दाम कमाउनेहरुले नै सक्कलीसँगै नक्कली बिउहरुको तस्करी गरिरहेको श्रोतले जानकारी दिएको छ ।
तस्करहरुले कृषि मन्त्रालयदेखि नार्कसम्म ’सेटिङ’, मिलाएर यस्ता प्रतिबन्धित तथा नक्कली बिउबिजनहरु बिगतदेखि भित्र्याउदै आएका छन् । नेपालमा मूख्य बालीको रुपमा रहेको धान खेतीको लागी बिउ राख्ने सिजन शुरु भएसँगै बजारमा नक्कली बिउहरु भित्रिएका हुन् ।
बिगतमा बाहिर देखाएरै खुलमखुल्ला बिक्रि गरिरहेका ब्यापारीहरुले केही बर्षयता भने त्यस्ता नक्कली बिउहरु लुकाएर किसानलाई बिक्री गरेको खुलेको छ ।
खुला सीमाका कारण चोरी तस्करी गरी अवैध रूपमा भित्र्याईएका हुन वा भन्सारमा ’सेटिङ’ गरी ल्याईएका हुन् यस्ता नक्कली बिउहरु देशमा भित्रिरहेको भएपनि क्षेत्रीय बीउ बिजन प्रयोगशाला कृषि विकास कार्यालय, पालिका, जिल्ला प्रशासन कार्यालय र सरोकारवाला अन्य निकायले बजार अनुगमन तथा किसानलाई सचेत पार्नेलगायतका अन्य कार्यक्रम नगर्दा एकातिर किसानहरु ठगिने र अर्कोतिर राष्ट्र्को राजस्व चुहावट भईरहेकोछ ।
यसरी भारतसँग खुला सीमा जोडिएका तराईका जिल्लाका साथै भित्री मधेशका बजार क्षेत्रमा छ्यापछ्याप्ती नक्कली हाइब्रिड जातका बीउ र हाईब्रिडको खोल हालेर कमसल बिउहरु बिक्रीमा राख्ने गरिएको छ । लुकाइछिपाई गरी ल्याईएका त्यस्ता बीउहरु बजार अनुगमन गरी उठाउन ढिला गर्न नहुने भएपनि किन सरोकारवालाहरु कानमा तेल हालेर बसेका छन् बुझ्न सकिएको छैन् ।
सरकार र राष्ट्रिय बीउ बिजन समितिबाट सिफारिस तथा सूचित बाली र जातका बीउ बिजनको मात्र उत्पादन तथा प्रयोग गराउनका लागि सार्वजनिक सूचना जारी गर्नुका साथै प्याकिङ र ब्याचिङ नगरिएका त्यस्ता बीउ लगाउँदा उत्पादन र उत्पादकत्व घट्ने तथा उमारशक्तिमा समेत ह्रास आउने भएकाले किसानलाई सचेत पार्नुपर्ने देखिन्छ । साथै नक्कली बिउहरुको कारोबारमा सम्लग्न पाईएकाहरुलाई कानुनको दायारामा ल्याउन ढिला गर्न हँुदैन की ?
बिउमा कालाबजारी ।
प्राय ः भारत र अन्य मुलुकबाट आउने बिउहरुमा ब्यापक कालाबजारी भईरहेको समेत खुल्नमा आएको छ । यस बिषयमा सम्न्धित सरोकारवाहले बजारमा यस्तो कालाबजारीमा सम्लग्नहरुलाई कालाबजारी ऐन अन्र्तगत कार्बाही गर्नुका साथै किसानहरुमा जनचेतना अभिबृद्धि गर्नुपर्ने देखिन्छ ।
त्यस्तै, ’बीउ राखेको सिलबन्दी बोरा वा प्याकेट, बीउ उत्पादन गरेको संघसंस्थाको नाम, उमारशक्ति, शुद्धता, चिस्यान प्रतिशत, मूल्य र बीउको स्तर आदीका बारेमा राम्रोसँग पढेर मात्र बीउ खरिद गरेमा ठगिने सम्भावना रहँदैन ।’