अबैध भतेरी क्रसर उद्योग किन बन्द हुँदैन ।
चितवन/चितवनको भरतपुर महानगरपालिका–२९ भतेरीमा रहेको क्रसर उद्योग किन कहिल्यै बन्द हुँदैन भनि आम प्रश्न उठीरहेको बर्षौं भईसकेको छ । तर जवाफ दिने कोही छैन् । भरतपुर २९ को भतेरी जंगल नजिकै जुगेडीपुलमा लामो समयदेखि इजाजतपत्र बेगर मकवानपुर इन्जिनियरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिद्धारा अवैद्य रूपमा सञ्चालित यो क्रसरको मालिक कन्यैयालाल श्रेष्ठले पैसाको बलमा लामो समयदेखि यो क्रसर अबैध रुपमा सञ्चालनमा ल्याएका हुन् । यस अघि भरतपुर महानगरले उक्त क्रसर बन्द गराउन खोजेपनि माफियाहरुको चलखेलको अगाडी महानगर समेत निरिह बन्न पुगेको थियो ।
२०७५ पौंषमा भतेरीको मकवानपुर इन्जिनियरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिद्धारा अवैद्य रूपमा सञ्चालित यो क्रसरसगै त्रिशूली किनारको भोर्लेमा सञ्चालित महानगर बालुवा उद्योगलाई समेत बन्द गर्न महानगरले निर्देशन दिएको थियो । भरतपुर महानगरपालिकाको पत्र अनुसार ती क्रसर उद्योगलाई चितवन प्रहरीले बन्द गराएको पनि थियो । महानगरको परिपत्र अनुसार ती उद्योगहरुले अत्यधिक मात्रामा प्राकृतिक स्रोतसाधनको दोहन र राजस्वको अपचलन गरेको आरोप लगाइएको थियो । ०७५पुस २० गते महानगरकी प्रमुख मेयर रेनु दाहालको संयोजकत्वमा बसेको अनुगमन समितिको बैठकले सो निर्णय गरेको परिपत्रमा उल्लेख गरिएको थियो ।
तर पछी महानगरलाई केही कर बुझाएर ती अबैध क्रसर उधोगहरु निवार्द रुपले सञ्चालनमा आएपनि न महानगर न अरु सरकार कोही कसैले कार्बाही गर्न नसक्दा यी अबैध क्रसरहरुले ब्रम्हलुटको धन्धा चलाईरहेका छन् । एकातिर प्राकृतिक श्रोत साधनको चरम दोहन अर्कोतिर सर्बसाधरणलाई ३० हजारसम्म बिक्रि गर्ने गिटी बालुवामा ब्यापक कर छली भईरहेको पाईएको भएपनि राज्यका नियामक निकायहरु तैं चुपमैचुप भै मुखमा बुझो लगाएर बसेको देख्दा आम सर्बसाधरणहरु तिनछक परी के अबैध रूपमा सञ्चालित भतेरी क्रसर उद्योग बन्द हुँदैन भन्दै अनुत्रित प्रश्नको जवाफको उत्तर पाईने आशाको पखाईमा छन् । यसैबिच केही समय पहिला भतेरीका स्थानियहरुले क्रसर उधोगले प्रदुषण र रोग फैंलाएको भन्दै निरन्तर बिरोध गरिरहेका छन् ।