निष्ठाका नायक गणेशमान

विनोद न्यौपाने/कोर्राको वर्षाले मेरो सहनशक्ति समाप्त भयो। म बेहोस भएँ। कैदखानाका एक सुरक्षा सैनिकले बताएअनुसार त्यसबेला मलाईजस्तै कोर्रा बर्साएको भए कुनै पनि मानिस बाँच्न सक्दैनथ्यो, तर म बाँचें। सुरक्षाकर्मीका अनुसार मलाई कोर्रा बर्साउँदा म चिच्याइरहेको थिएँ। पछि आवाज आएन, एक किसिमले म बेहोस भइसकेको थिएँ। बेहोस हुनुअघि मलाई ६ सय तीन कोर्रा लगाइसकिएको थियो। बेहोस हुँदा पनि कोर्रा लगाउने काम जारी थियो। नेपालको इतिहासमा राणाशासकलाई साहसका साथ तिमी भन्ने शब्दको प्रयोग गर्ने पहिलो व्यक्ति म नै थिएँ— गणेशमान सिंह।

धर्मभक्त माथेमाबाट १९९७ सालमा प्रजा परिषद्को सदस्यता लिएर राजनीतिमा क्रियाशील भएका गणेशमानले राणाबाट कठोर सजाय किन र केका लागि भोगे रु सम्भ्रान्त परिवारको छोरो के नपुग्दो थियो र नागरिक हक अधिकार स्थापित गर्न भन्दै राणाको विद्रोही भएर निस्कियो रु राणाको पाल्तु कुकुर भएको भन्दै आफ्नै बाजेको समेत बदख्याइँ गर्न पछि परेन। नागरिक चाहना पूरा गर्ने अठोट नभएको भए ‘हीराकाजी’ सम्पूर्ण सुखसयल छाडेर केका लागि सामान्य नागरिक बन्थ्यो होला रु

प्रजातान्त्रिक आन्दोलनमा उनले गरेको योगदान नेपालले भुले पनि संसारले भुल्ने छैन। हो, प्रहरीको घेराविना नागरिकमाझ जान नसक्नेले गणेशमानलाई सम्झनु पनि व्यर्थ छ, जो मुलुककै सर्वोच्च नेता हुँदा पनि सडकमा एक्लै छाती फुलाएर हिँड्ने हैसियत राख्थ्यो।
सात सालको जनक्रान्तिपछि राजा, कांग्रेस र राणाबीच भारतमा भएको त्रिपक्षीय सम्झौतापछि मोहनशमशेर प्रधानमन्त्री बने। बीपी कोइराला गृहमन्त्री र गणेशमान सिंह मन्त्री बने। एक दिन क्याबिनेट बैठकमा मोहनशमशेरतिर फर्किएर गणेशमानले भनेका थिए, ‘हिजो हामीलाई तिमीले दबाएर राख्यौ, कठोर यातना दियौ, अब हामी साथी पो भयांै त।’ मोहनशमशेरलाई त्यो कुराले पोल्यो। सामन्ती सोच र संस्कार भएका अहंकारी मोहनशमशेरले त्यसलगत्तै राजीनामा दिए। गणेशमानको त्यो बोलीले मुलुक राणाशासनबाट त्यसै दिनदेखि मुक्त भयो। जीवनको उत्तरार्धमा गणेशमानलाई अपमान गर्नेहरू, उनले देखाएको प्रजातन्त्रको बाटो हिँड्न छाड्नेहरूले राणा र पञ्चायत ढाल्यौं भनेर कतिञ्जेल त्यसको ब्याज खाएर गर्व गरिरहने रु

आजको राजनीति पूर्वाग्रह, वैमनस्य, प्रतिशोध र आपसी विश्वासको संकटबाट ग्रस्त छ। कलह, प्रतिशोध र पूर्वाग्रह जिम्मेवारहरूको दैनिकी नै बनेको छ। एकापसमा विश्वासको संकट नेतृत्वको परिचय नै भइहाल्यो। राजनीतिक दलका नेताको आचरण, नैतिकता र विवेकमा समेत ग्रहण लागेको तिनीहरूको व्यवहारबाट पुष्टि हुन्छ। गणेशमानजस्ता वीर सपूतबाट प्रशिक्षित र दीक्षित नेताहरूसमेत आज उनले देखाएको भन्दा अलग बाटो हिँडिरहेका छन्। आज गणेशमानको तस्बिरमा माला लगाउनु पर्दैन, मात्र उनले देखाएको बाटो हिँड्ने कसम खाए पुग्छ।

आज संसारका जति पनि देशमा प्रजातन्त्र फले÷फुलेको छ, त्यो त्यहाँका नेताहरूको इमानदार प्रयासले नै भएको छ। प्रजातन्त्रलाई स्थायित्व दिन नेताहरूले ठूलो त्याग गर्न जरुरी छैन। व्यक्तिगत लालसाबाट मात्र मुक्त भए पुग्छ। नेपालमा त आफूलाई समेत शासन गर्न नसक्नेले अरूमाथि शासन गरिरहेको छ। गणेशमानजस्ता नेता यस्तै लोभीपापी भइदिएका भए आजका नेतामा शासनको बागडोर आइपुग्थ्यो होला रु आजका नेताले आफू, आफ्ना र आफन्तभन्दा अरू कसैलाई देख्दैन। देश र जनतालाई भित्री मनैदेखि सेवा गर्ने गणेशमानजस्तो आफ्नो कर्म र भावनाले समर्पित नेता उनको अवसानपछि कोही पनि देखिएन। नागरिकले कुर्बानी गरेर ल्याएको प्रजातन्त्र नेतृत्वको विवेकहीनताका कारण कतै पुनः असफल त हुँदैन भन्ने चिन्ताकै कारण प्रधानमन्त्रीको पद अस्वीकार गरेको गणेशमान स्वयंले भनेका छन्। किनकि नेपाली नेता र समाजको चरित्रबारे जानकार थिए उनी। यसले धेरै अर्थ बोकेको छ। हुन त चारतारे झन्डा बोकेर हँसिया–हथौडामा भोट हाल्न लगाउनेले त्यसभित्रको अर्थ बुझ्ने हैसियत नराख्न पनि सक्छ।

प्रजातन्त्र थेग्ने शिक्षा, चेतना र आर्थिक व्यवस्था हुनुपर्छ भन्ने गणेशमानको मान्यता थियो। त्यसैले त ०४६ को आन्दोलनपछि उनले भनेका थिए, ‘हाम्रो मुलुकमा राजनीतिक लडाइँ अन्त्य भएको छ। अब हामी सबै आर्थिक क्रान्तिमा लाग्नुपर्छ।’ उनको आसय आर्थिक क्रान्तिको नयाँ मोडेल खोज्नुपर्छ भन्ने हो। तर समाजवादका नाममा निजीकरणलाई प्र श्रय दिन थालिएपछि उनको सपना त्यहींबाट तुहियो। पार्टीमा किचलो निकाल्ने र आफूले पद पाएपछि सबैथोक माफ दिने कांग्रेसी शैलीले गणेशमानको त्यो चाहनालाई कुल्चिदियो।

राज्यसत्तामा सबै जातिले आफ्नो प्रतिनिधित्व भएको महसुस गर्न पाउनुपर्छ, नत्र प्रजातन्त्र फस्टाउन सक्दैन भन्ने गणेशमानको पवित्र विचारलाई ०४८ सालमा बनेको कांग्रेसको सरकारले महŒव दिन उचित ठानेन। त्यही नारा घन्काई १० वर्षसम्म मुलुकलाई तहसनहस बनाएर ठूलो जनधनको क्षतिसहित माओवादी स्थापित भयो। कांग्रेस गणेशमानले देखाएको बाटो हिँडेको भए सायद माओवादी आन्दोलनको औचित्य पुष्टि हुने थिएन। सायद यो चेत कांग्रेसमा अझै पलाएको छैन। उल्टो गणेशमान जस्ता सपूतले राणाको कोर्रा खाई पञ्चायतसँग पौंठेजारी खेलेर ल्याएको प्रजातन्त्रका मूल्यमान्यताको खिल्ली उडाइरहेको सत्ताको सहायक बनिरहेको छ। आआफ्नो जात, धर्म र सम्प्रदायप्रति केही झुकाव हुनु मानवीय गुण नै हो तर गणेशमानमा त्यसको लेस मात्र पनि थिएन। तर उनलाई साम्प्रदायिक भएको आरोप लगाइयो। राज्यसत्तामा सबै जातिले आफ्नो प्रतिनिधित्व भएको महसुस गर्न पाउनुपर्छ नत्र प्रजातन्त्र फस्टाउन सक्दैन भन्ने उनको मान्यतालाई व्यर्थ सावित गर्ने कोसिस भयो। जीवनको उत्तरार्धमा आफैंले हुकाई÷बढाएको पार्टीबाट अपहेलित हुनुप¥यो। उनीमाथिको त्यो अपहेलनाबारे इतिहासले अवश्य मूल्यांकन गर्ने छ।

जीवनको उत्तरार्धमा मौलिक चरित्र गुमाएको कांग्रेस परित्याग गरेर उनले कांग्रेसलाई सुध्रिन दबाब दिएका थिए तर कांग्रेसीहरू सत्ता र सम्पत्ति प्राप्तिका लागि मरिमेट्न थालेपछि उनीभित्रको राजनेताको चेतनाले कांग्रेसको समर्थन गर्न अनुमति दिएन। कांग्रेसले अपहेलना गरे पनि गणेशमानको मूल्यांकन राष्ट्रले गर्न सक्नुपथ्र्यो। पदमा बसेको मान्छेलाई मात्र पुज्ने संस्कारले प्र श्रय पाउने मुलुकले गणेशमान जस्तो इतिहासपुरुषको सम्मान गर्न सकेन÷गरेन। त्यसैले त गणेशमानको उत्तराधिकारी म हुँ भन्ने हिम्मत कसैले राख्न सक्दैन। यतिबेला अघिल्लो पुस्ताको ब्याज खाने कामबाहेक कुनै पनि दलले आमनागरिकको ‘कज’ मा देखिनलायक काम गर्न सकेन। शक्ति र पदका लागि आम नागरिकका चाहनाविपरीत हिँड्न भने वर्तमान सत्ता मात्र होइन, प्रतिपक्ष पनि अग्रसर देखिन्छ। प्रजातन्त्रको आवरणमा प्रजातन्त्र समाप्त पार्ने खेलको एउटा हिस्सा वामदेव गौतमको संसद् प्रवेशलाई लिन सकिन्छ।

गणेशमानसँग दाँजिने व्यक्ति इतिहासमै कोही पनि छैन, न उनका समकालीन नै थिए। आजको पुस्तामा त्यसको अपेक्षा कल्पना पनि गर्न सकिन्न। व्यावहारिक ज्ञान अधिक भएको मान्छे भए पनि व्यवहारलाई सैद्धान्तीकरण गर्ने कूटनीतिक चातुर्यको अभाव उनको कमजोरी थियो। हो, उनले कम्युनिस्टहरूलाई एक बनाएर ०४६ को आन्दोलनमा कमान्डर बने। आन्दोलन सफल भएपछि सर्वोच्च नेता बने सबैको। प्रधानमन्त्रीको पद पनि त्यागे। नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेबापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार ९१९९० तथा मानवाधिकार पुरस्कार ९१९९३ एवं संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव ऊ थान्तका नाममा स्थापित ‘ऊ थान्त शान्ति पुरस्कार’ बाट उनी सम्मानित भए।

आजको राजनीतिले मानवीय समानता देखाउन सकेको छैन। दुईचारजना नेताको व्यवस्थापनलाई मात्र राजनीति देख्ने शैलीकै कारण संघीयतारूपी औजारमा समेत खिया लागेको छ। सिद्धान्तमा समाजवाद बोकेर व्यवहारमा सामन्तवाद लाद्ने शासकीय शैलीले नागरिककै बदख्याईं गरिरहेको छ। नागरिकप्रति सरकारको भूमिका त टुँडिखेलमा एक छाक खान पर्खेर बस्नेहरूको लामले देखाइसकेको छ। राज्यका मेरुदण्ड मानिने संवैधानिक संस्था र प्रजातन्त्र प्रधानमन्त्रीको निर्देशनमा चल्ने अभ्यासले गणेशमानको मात्र होइन, मुलुककै बदनाम गरिरहेको छ। प्रजातान्त्रिक आन्दोलनमा उनले गरेको योगदान नेपालले भुले पनि संसारले भुल्ने छैन। हो, प्रहरीको घेराविना नागरिकमाझ जान नसक्नेले गणेशमानलाई सम्झनु पनि व्यर्थ छ, जो मुलुककै सर्वोच्च नेता हुँदा पनि सडकमा एक्लै छाती फुलाएर हिँड्ने हैसियत राख्थ्यो। प्रजातन्त्र स्थापनामा गणेशमानले भोगेको कठोर यातना, त्याग, निष्ठा र आदर्शमाथि कुल्चिएर उनको सालिकमा फूल चढाउनुको औचित्य पनि छैन। आम नागरिकबाट प्रजातन्त्रका पिताको दर्जा पाएका गणेशमानको तेईसौं स्मृति दिवसका दिन यिनै शब्दगुच्छादारा उनीप्रति श्रद्धासुमन  अन्नपूर्णपोष्ट दैनिकबाट