अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप : ‘डब्लुएचओ’ चीनको ‘कठपूतली’

एजेन्सी/कोरोना कहर शुरु भएयता चीन प्रति आक्रामक भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० चीनको ‘कठपूतली’ बनेको अभियोग लगाएका छन् । डब्लुएचओले भिडियो कन्फ्रेन्सिङ्ग मार्फत दुई दिने सम्मेलन गरिरहेका बेला ट्रम्पको यस्तो टिप्पणी आएको हो । ट्रम्पले डब्लुएचओकै कारण अहिले विश्वमा यो स्थिती आएको आरोप लगाए ।

उनले भने–‘ ‘डब्लुएचओले हामीलाई अति खराब र डरलाग्दा सुझाव दियो । उ जहिले पनि समर्थनमा रह्यो ।’ डब्लुएचओको ७३ औँ वार्षिक स्वास्थ्य सम्मेलनमा ट्रम्प आफै भने सहभागी भएका छैनन् । अमेरिकाको तर्फबाट स्वास्थ्य मन्त्री भिडियो मार्फत सहभागी भए । उनले डब्लुएचओले कोरोना भाइरसको संकटको गलत व्यवस्थापन गरेको आरोप लगाए । सोही कारण धेरै व्यक्तिको ज्यान गएको अमेरिकी स्वास्थ्य मन्त्रीले आरोप लगाएका छन् ।

डब्लुएचओका महानिर्देशक डा। टेडरोज आध्यनोम गेब्रेयेसोस अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको कामका अपर्याप्त रहेको भन्दै ट्रम्प आफै आलोचनाको केन्द्रमा रहँदै आएका छन् । तर उनले लगातार डब्लुएचओ माथि आक्रमण गर्दै आएका छन् ।

डब्लुएचओले चीनमाथि आवश्यक भन्दा बढी विश्वास गरेको आरोप ट्रम्पले लगाउँदै आएका छन् । चीनले कोरोना भाइरसको महामारीको सुरुवात ढाकछोप गरेको उनले आरोप लगाएका छन् । अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्का गरिसकेको छ । यस्तै डब्लुएचओले कोरोना भाइरसको महामारी नियन्त्रणमा गरेको प्रयासका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।