क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव।

भरतपुर,६ जेष्ठ/चितवनमा क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव देखिएको पाइएको छ । औषधि अभाव हुन थालेपछि उपचारमा समस्या हुन थालेको चिकित्कहरुले भने। भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वरपरका फार्मेसी सन्चालकहरूले भारतमा नै औषधि नभएकाले अभाव भएको बताए । उनीहरुले यसैले गदा क्यान्सर भएका विरामीले सेवन गने औषधिको अभाव भएको जनाए। चिकित्सकले पनि रगत, फोक्सो, स्तन, मिर्गौलालगायत ठाउँमा भएको क्यान्सरमा प्रयोग गरिने औषधि अभाव नै भएको जनाएका छन् । वीपी कोइराला क्यान्सर अस्पतालको मेडिकल अंकोलोजी विभागका चिकित्सक डा। गुरु शाहले रक्त क्यान्सरका बिरामीलाई दिइने ब्लुमाइसिन, ड्याक्टिनोमाइसिन, भिनक्रिस्टिन, इमाटिनिब, भिनब्लोसिन, लेनोलिडोनाइड अभाव भएको बताए ।यस्तै पाठेघरको क्यान्सरका बिरामीलाई दिइने बिभोसिजिम्याप, फोक्सोको क्यान्सरका बिरामीले खाने इभरिलोमस, स्तनको क्यान्सर बिरामीले खाने ट्याक्सिफेन, मिर्गौला क्यान्सरका बिरामीका लागि दिइने सोलिटिब, विभिन्न क्यान्सरमा प्रयोग गरिने मेथोटेक्जेट, डाकारबाजिन जस्ता औषधि अभाव भएको बताए । डा।शाहका अनुसार बिरामीलाई चढाइने केमोको समेत अपुग भएको बताउनु भयो । विगत १५ दिनदेखि यस्ता औषधिको अभाव हुन थालेको डाक्टर शाहले भने । लकडाउनको समयमा समेत क्यान्सर अस्पतालमा दैनिक २ सय ५० जना क्यान्सर तथा शंकास्पद बिरामी आउने गरेका उहाँको भनाई छ। साधारण अवस्थामा दैनिक ६ सय ५० जना बिरामी अस्पतालमा आउने गरेका थिए ।क्यान्सर गेट अगाडिको बिमल फार्मेसीका सञ्चालक बिमल लामिछानेले क्यान्सरका बिरामीहरुलाई नियमित रूपमा चाहिने औषधिको अभाव भएको उहाँको भनाई छ । सञ्चालक लामिछानेले भने, ‘औषधि नपाउँदा बिरामीहरु असाध्यै मर्कामा परेका छन्,उनिहरु फिर्ता पठाउनुपर्ने बाध्यता रहेको छ।
क्यान्सरका बिरामीलाई दिइने औषधि महँगासमेत हुन्छन् । अधिकांश औषधि भारतमा उत्पादन हुन्छन् । ती औषधि भारतबाट हवाई जहाजमार्फत नेपाल ल्याउने गरिन्छ । तर, अहिले हवाई जहाज नचल्दा औषधि ल्याउने अवस्था नरहेकाले बिरामिहरु पिडामा पने गरेका छन् डा ।शाहको भनाई छ ।