चितवनको भरतपुरमा ट्रकको ठक्करबाट एक २० वर्षीय युवकको मृत्यु

चितवन, फागुन १६/चितवनको भरतपुरमा आज साझ ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साझ ७:१५ बजेको समयमा भरतपुर-१० बाइपास सडकस्थित हुलाक चोकदेखि अगाडि घरेलु तथा साना उद्योग कार्यालय नजिक आंपटारीबाट पारसबसपार्क तर्फ जाँदै गरेको ना.६ ख. १४७५ नं को ट्रक र बिपरीत दिशाबाट आईरहेको ना.३१ प. ४५८५ नं को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक पूर्व नवलपरासी जिल्लाको गा.पा. ३ धारापानी बस्ने बर्ष २० को सोबित घर्तीमगर रहेको प्रहरीले जनाएको छ। ट्रक चालक जि.मकवानपुर हे.उ.म.न.पा.३ बस्ने बर्ष ३० को संदिप नेपाल जि.प्र. का. चितवनको नियन्त्रणमा रहेको साथै घाइतेको उपचारको क्रममा भरतपुर अस्पतालमा पुर्याउँदा मृत्यु भ ईसकेको चितवन प्रहरीले जनाएको छ। ट्रक तथा ट्रकका चालक प्रहरी नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकरी दिएको छ।