Breaking News

ओलि प्रवृत्तिको हड्डी धूलो हुँदै

सूर्य बराल/केही महिना अगाडि नेपाल आएका चिनियाँ राष्ट्रपतिले त्यसै हड्डी धूलो पारिदिने धम्की दिएका होइनन् उनले नेपाली नेताहरु जो अमेरिकी डलरमा विकेरे असल छिमेकी देश चीन विरुद्धको अमेरिकी षड्यन्त्रमा लागेको थाहा पाएरै त्यस्तो चेतावनी दिएको थियो।
जुन कुरा आम मानिसले बुझ्ने कुरा भएन नै तर नेपाली राजनीतिमा रहेका र सत्तामा आसिन दलका नेताहरु लाई चेतावनी बारे राम्रो ज्ञान थियो। यति हुँदाहुँदै पनि अमेरिकाको १ न दलाल रामशरण महत र शेर बहादुर देउवा को आचि खादै नेकपाको मार्काले दुईतिहाइको दम्भ पाल्दै MCC पारित गराउने बालहठ लियो ।
MCC लाई संसदमा टेबल गर्न नदिएको कारण ओली कै योजनामा कृष्ण बहादुर महरालाई नियोजित रुपमा फसाइयो।भलै फस्नुमा उनको आफनै कार्यशैली जीमेबार छ यद्यपि उनको त्यो घटनामा रोशनी प्रयोग भएको अब दिन जत्तिकै छर्लङ्ग भइसकेको छ।
यसरी ओलीले अमेरिकाको इशारामा MCC पारित गराउने र चीनलाई घेर्ने अमेरिकी रणनीति अनुरुप अगाडि बढ्ने धृष्टता गरे।जसको फलस्वरूप चीनले आफ्नो सुरक्षाको खातिर नेपालमा रहेको आफ्नो सम्पूर्ण शक्ति लगाई नेकपाको आन्तरिक राजनीतिमा ओलीलाई कमजोर बनाई MCC खारेज गराउन लागिपरेको घटनाक्रमहरुले देखाईसकेको छ।
एउटा असल छिमेकी र मित्र राष्टको विरुद्ध अर्को राष्ट्रको योजना र षड्यन्त्रमा सामेल हुनु कदाचित ठीक मान्न सकिन्न तर ओलीले चीन विरुद्ध अमेरिकाको दलालहरुसँग मिली जुन हर्कत गर्न खोजें त्यसबाट चीन रुष्ट्र भई उतिबेलै हड्डी धूलो बनाउने धम्की दिएको हो । नत्र अर्काको देशमा आएर किन चीनले त्यसो भन्यो सोच्नुस् त। पाहुना भएर हामी अर्काको देशमा जाँदा मेरो देश विरुद्ध लाग्नेलाई धूलो पारिदिन्छु भनिन्छ त? त्यो पनि शिष्टाचार भेट र औपचारिक कार्यक्रममा ।
चीनका राष्ट्रपति को त्यो धम्की अरु कसैलाई होईन MCC पछधरलाई थियो। ओलीले बुझ्नु जरुरी थियो कि अमेरिकाको ५० अरब भन्दा चीनको न्यानो माया ठीक छ । अनि अमेरिकी सहयोग भित्रको कुटिल रणनीति बुझ्नु पर्थ्यो। तर दम्भको कारण बुझ्न चाहेनन्।
आज ओली अल्पमतमा परिसके। ओलीका एक एक पिल्लर ढल्दै जानेछन् या ओली सरकार केहीदिनमै ढल्नेछ। यही हो हड्डी धूलो बनाउने भनेको अमेरीकन दलाल र तिनका मतियारहरुलाई हेक्का होस्। यदि नेकपाको बहुमतले MCC पारित गर्न खोजे सैनिक विद्रोह या जनआन्दोलनबाट दुईतिहाइको सरकार ढाल्ने सम्मको अवस्था आउन सक्छ।
ओलीले त्यसै सरकार विरुद्ध घेराबन्दी को कुरा गरेका होइनन्। वामदेवलाई सांसद बनाउने कुरा त चाहरा मात्र हो ओलिको दम्भ ढाल्ने। यदि ओलीले पेल्न खोजेभने नेकापाले अोलीलाई कारबाही गरी यो सरकार ढाल्ने सम्मको तयारी गरिएको बुझिन्छ। नेकपाको मुख्यालय अर्थात् सचिवालय सदस्य मा किन के कसरी ओली अल्पमतमा परे हेर्नुहोस्।
हिजोसम्म ओली प्यानलमा रहेका बिष्णु पौडेल हरु किन रातारात ओलीलाई कमजोर बनाउन लागिपरे अध्ययन गर्नुस छर्लंग हुन्छ। नेकपा बहुमतले MCC खारेज गर्दछ। महरा काण्ड पछि किन ओली प्यानलले सभामुख पाएन त्यो पनि अध्ययन गर्नुस्। किनकि महरा काण्डपछि अब चुप लागेमा नेपालको सत्तामा अमेरिका हाबी हुने देखेर चीनले आफ्नो पहलकदमी बढाएको देखिन्छ।
म एउटा स्वतंत्र नागरिक को हैसियतले के भन्छु भने अमेरिकी दूतावास भित्रको गतिविधि को अध्ययन गर्ने गरी शक्तिशाली संयन्त्र निर्माण गर्नुपर्छ र सबै दूतावास भित्रको गतिविधि हामीलाई थाहा हुनुपर्छ। नत्र हाम्रो देशलाई आधार बनाएर कयौ देशहरुले गलत काम गरिरहेका हुनसक्छन्।
त्यसको लेखाजोखा कसले कसरी गर्ने? यसर्थ मित्र राष्टको विरुद्ध दुतावास बाटै पनि धेरै गलत भएको छ, चाहे त्यो अमेरिकी दूतावास होस् या पाकिस्तानी दूतावास नै किन नहोस्। हाम्रा छिमेकी देश चीन र भारत विरुद्ध षड्यन्त्र दूतावासबाट नै भएको छ । त्यसैले यो विषयमा हामी गंभीर हुनुपर्ने देखिन्छ।
भलै अन्तर्राष्टिय नियमले त्यसो गर्नु कुटनीतिक मर्यादा विपरित हुनसक्ला तर चेक एंड ब्यालेन्स कसरी गर्न सकिन्छ समीक्षा गर्नु जरुरी भइसकेको छ।
अन्तमा नचाहँदा नचाहँदै पनि हाम्रा नेता भनाउँदा देशद्रोही कपुतहरुको अदुरदर्शी निर्णय र केही रकमको लालचले गर्दा साच्चै भन्ने हो भने देश विदेशीको क्रिडास्थल बनिसक्यो। अब त्यसबाट बच्न नेपाल ले चीन र भारतबीच विश्वासिलो बलियो त्रिपक्षीय सम्बन्ध स्थापित गरी अन्य विदेसीहरुसंग पनि मित्रता पूर्ण सम्बन्ध स्थापित गर्नुपर्दछ।
अन्य कुनै देशबाट भारत र चीनको विरुद्ध संका उत्पन्न हुने कुनै पनि गतिविधिमा नेपाल संलग्न हुनुहुँदैन। हाम्रा आपसी संबंध मुख्य कुरा हो। चीन र भारत लाई विश्वासमा लिई अगाडि बढ्ने हो भने नेपाललाई अरूको अगाडी केही रुपैयाँको भिख माग्न जरुरी नै छैन। त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति हामी र हाम्रा छिमेकी अनुकुलको बनाउनुपर्दछ। ओलिपथले देश भड्खालो मा जाने निश्चित छ। हड्डी जोगाऊ भक्तहरू हो।