बामदेव नै राष्ट्रिय सभामा मनोनित हुने ठोकुवा।

१६ फागुन, चितवन/सत्तारुढ नेपाल कम्यूष्टि पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष बामदेव गौतम नै राष्ट्रिय सभामा मनोनित हुने ठोकुवा गरेका छन्।
भरतपुर विमानस्थलमा (आज)शुक्रबार पत्रकार हरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पार्टीको सर्वसम्मत निर्णय कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएक हुन। उनले प्रधानमन्त्रीले पार्टीको निर्णय नमान्ने विषय कल्पना समेत गर्न नसकेको बताए ।
प्रधानमन्त्री केपि ओलिले नै २१ गतेसम्म बामदेवलाई नै सिफारिस गर्ने प्रचण्डले ठोकुवा गर्दै संविधान संशोधन गरेर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने विषयबाट भने पार्टी पछि हटेको पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बताए ।

राष्ट्रपतिबाट गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेपनि छ महिनासम्म डा।युवराज खतिवडालाई नै अर्थमन्त्री बनाउन सकिने प्रचण्डको भनाई छ ।तत्काल राष्ट्रिय सभामा संख्या थप्न भने नसकिने दाहालले जानकारी दिए।