कर्तुत ढाकछेप गर्न खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी


२१ भदौ, काठमाडौं । इन्धन भण्डारण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी लुकाउन मन्त्री स सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन् ।

खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुईवटा विलासी गाडी उपलब्ध गराएका हुन् ।

निगमले मन्त्रालयलाई हस्तान्तरण गरेको वा २झ ३०९१ नम्बरको टोयोटा गाडी सचिवले चढ्दै आएका छन् । खड्काले आफ्ना निर्णय प्रभावित पार्न विभिन्न प्रयास गर्दै आएका छन् । इन्धन भण्डारणका लागि जग्गा किन्ने निर्णय गराएका तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरालाई गाडी उपलब्ध गराएको मन्त्रालय स्रोतले जनाएको छ । नागरिक दैनिक खबरको अगाडि लेख्छ – सोही गाडी अहिलेका आपूर्ति मन्त्री शिवकुमार मण्डलले पनि चढिरहेका छन् ।