एक महिनादेखि क्याम्पसमा लागेको ताला अझै खुलेन

चितवन÷शैक्षिक धरोहरका रूपमा रहेको रत्ननगरकै नमुना कलेज राजनीतिकका कारण चरम संकटमा परेको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका ३ शान्तिचोकमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पस चरम संकटमा परेको हो । करार शिक्षकलाई नियुक्ति गर्नु पर्ने जस्ता अस्वभाविक माग बटुल्दै एक महिना देखि नेकपा एमाले निकट अनेरास्ववियु क्याम्पस कमिटीले क्यापसको प्रशासन, लेखा, परीक्षा शाखा, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र डिग्री कार्यक्रम संयोजकको कार्यकक्षमा तालाबन्दी गरेपछि महिनौसम्म पनि प्राध्यापक कर्मचारीहरूले दैनिकी हाजिरी गर्न पाएका छैनन् भने सम्पूर्ण कामकारबाहीमा समेत अवरोध सृजना हुन पुगेको छ । यता , अस्वभाविक माग राखेर झन्डै एक महिनादेखि प्रशासन कक्षमा ताला लगाउदा क्याम्पस नै संकटमा पर्दै गएपछि प्राध्यापकहरुले बिरोध जनाएका छन् । अनावश्यक रुपमा क्याम्पसको पढाई नै प्रभावित हुने गरी भएको तालाबन्दीलाई यथास्थितिमा खोली सहज रुपमा पठनपाठनको वातावरण सिर्जना गर्न सरोकारवाला पक्षसंग माग गरेका छन् । क्याम्पसका झन्डै ४० जना प्राध्यापकहरु को हस्ताक्षर रहेको उक्त अपिल पत्रमा क्याम्पस संचालक समितिले गत माघ ८ गते गरेको निर्णय लाई क्याम्पस प्रशासनले कार्यान्वयनमा ल्याउँदा त्यसबाट उत्पन्न परिस्थितिले प्राध्यापकहरुको दैनिक हाजिरी लगायत प्रशासनिक कार्य ठप्प र पठनपाठनमै असहज अवस्था सिर्जना भएकोले तत्काल समस्या समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । स्थायी प्राध्यापक तथा कर्मचारीहरुको बैठकले संचालकसमितिले गरेको संस्थागत निर्णयप्रति ऐक्यवद्धता समेत जनाएको छ । अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि प्राध्यापकहरुले यस्को बिरोध जनाएका थिए । यता , क्याम्पस प्रमुख कुसुमराज सुवेदीले विद्यार्थी संगठनहरुले अनावश्यक माग राखेर तालाबन्दी गर्दा क्याम्पसको प्रशासनिक कार्य ठप्प भएको बताउनुहुन्छ । भने , उता असन्तुष्टि नेकपा एमालेको तर्फबाट अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष सरोज तिमिल्सिनाले क्याम्पस प्रशासनले शैक्षिक गुणस्तर उकास्न नसकेको र अनावश्यक रूपमा राजनीतिक गर्न लागी परेकोले क्याम्पस जोगाउनैको लागी प्रशासनमा तालाबन्दी गर्नुपरेको बताए ।