ऐनसेलको खुलेआम लुट आतंक अझै रोकिएन


चितवन÷ ऐनसेल भनेको नेपालमा टेलिकम सुविधा दिइरहेको निजी कम्पनीहरु मध्ये अग्रणी कम्पनी । अझै ऐनसेलले दिएका अफरहरु हेर्ने हो भने त निकै लोभलाग्दा छन् । विदेशमा आफन्तलाई फोन गर्न होस् वा प्रेमी र प्रेमिकासँग रातभर कुरा गर्न होस, ऐनसेलले विभिन्न खालका स्किमहरु ल्याएको छ । र, ऐनसेलका यी स्किमहरुलाई धेरै सस्तो भनेर प्रयोग पनि गर्छन् । तर , ऐनसेल भित्रको वास्तविकता अर्कै छ । वास्तविक तथ्य केलाउने हो भने ऐनसेलको कुनै पनि ’अफर’ वा स्किम सस्तो छैन । हुन पनि ऐनसेलले आफ्नो ब्रान्डीङ यसरी गरेको छ कि ऐनसेलले ठग्छ भन्ने कुरा सहज रुपमा पत्याउने ग्राहकहरु छैनन् । त्यसमाथि पनि २÷३ रुपैयाँ ठगी नै हाल्यो भने पनि त्यसको पछी लाग्ने फुर्सद र चाहना दुवै छैन ग्राहकहरुसँग ! त्यस्तै , सरकार लाई तिर्नुपर्ने लाभकर तिर्नुभन्दा नेतालाई पैसा खुवाएर लाभकरबाट छुट लिन खोजेको आरोप लागेको ऐनसेलले जनता ठग्ने गरेको आरोप भने, नौलो होइन । ऐनसेलले कर छलीको लागी  संसद सम्म ’लविङ’ गरिरहेका बेला नेपाली कर्पोरेट क्षेत्रको बादशाह संस्था भनेर चिनिएको ऐनसेलले नेपालको कानुन पनि मिचेर ठगी धन्दा चलाएको तथ्य अझ धेरै सार्वजनिक हुन थालेको छ । सन्दर्भ ः ऐनसेलले गरेको गैरकानुनी वित्तीय कारोबारको हो । ऐनसेलले ल्याएको स्किम ’ऐनसेल सापटी’ का नामामा गैरकानुनी बित्तीय कारोबार गरेको ऐनसेललाई न कसैले छुन सक्यो, न त् यो विषयमा कोहि कसैंले वोल्ने आँट  नै गरेको देखिन्छ ।
यस्तो छ वाफियाको व्यवस्था
नेपालको बैंक तथा वित्तीय
संस्था सम्बन्धी ऐन (वाफिया) २०६३ को दफा २८ अनुसार वित्तीय संस्था बाहेक अन्य कुनै पनि संस्थाले वित्तीय कारोबार गर्न पाउने व्यवस्था छैन । वाफियामा स्पष्टसँग वित्तीय संस्था बाहेक अन्य कुनैपनि संस्थाले वित्तीय कारोबार गर्न नपाउने उल्लेख गरेको भएपनि एनसेलले भने उक्त नियमलाई मिच्दै वित्तीय कारोबार गरेको छ । ऐनसेलले ’ऐनसेल सापटी’ का नाममा ऋण दिने र त्यसको चर्को ब्याज असुली गरी जनता ठग्ने गरेको े छ । स्रोतका अनुसार यस विषयमा ऐनसेल विरुद्ध विभिन्न निकायमा उजुरी समेत परेको थियो । तर, पैसा र पावरका आडमा ऐनसेलविरुद्ध परेको उक्त उजुरीको पनि केहि लागेन । कम्पनी ऐन, २०६३ अनुसार प्राईभेट कम्पनीहरुले राष्ट्र बैंकसँग स्विकृति लिएर पनि वित्तीय कारोबार गर्न नपाउने स्पष्ट गरेको छ । अन्यथा यस्तो कारोबार गरेको थाहा भएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा २८ अनुसार गैरकानुनी हुन जान्छ । तर, त्यहि कम्पनी ऐन अनुसार दर्ता भएको कम्पनीले पावर र पैसाका भरमा कानुन मिचीरहँदा पनि कसैले कारवाही गरेको छैन । ऐनसेलले बिगत ४ वर्ष देखि यस्तो गैरकानुनी धन्दा गरिरहेको थियो । नेपालको विद्यामान कानुन हेर्ने हो भने पनि ऐनसेलले कर्पोरेट अपराध गरेको थियो । तर , यस विषयमा सबै मौन रहे । ऐनसेलले यस विषयमा बोल्न खोज्नेहरुलाई पनि राम्रै ’दक्षिणा’ दिएको स्रोतको दावी छ । ऐनसेल को यो कर्तुत बारे थाहा भएका केहि बिग मिडिया हाउसहरु लाई समेत उसले विज्ञापनका नाममा लाखौँ रकम बाँडेको थियो । नेपालको कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ को नाफाखोरी शीर्षक अन्तर्गतको उपदफा १ मा भनिएको छ, ‘मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलन अनुसार सामान्य भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावमा लाभ उठाई सो मालबस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरीवाना वा दुवै सजाय हुन सक्नेछ, ।’ तर एनसेलले यो ऐनको भावना विपरित काम गरी कर्पोरेट अपराध गर्दा पनि उ कारवाहीको भागीदार भएन ।
ऐनसेल सापाटीका नाममा यसरी गरियो ठगी
ऐनसेलले रु. दुई भन्दा कम भएमा रु. ४० रुपैयाँ सापटी लिन पाउने व्यवस्था गर्यो । ऐनसेलकै भाषामा ’सापाटी’ पछि रु. १०० रिचार्ज गर्दा ऐनसेलले रु. ४० सहित ४२ रुपैयाँ ४८ पैसा र रु. एक सय अन्तर्गतको कर एक रुपैयाँ ९६ पैसा सहित जम्मा चार रुपैयाँ चौवालीस पैसा काटिने गर्थ्यो । यसरी सापटी रु. ४० र रु. १०० अन्तर्गतको करबापत एक रुपैयाँ ९६ पैसा सहित २ रुपैयाँ ४८ पैसा पनि तपाईंको रिचार्जबाट कट्टा हुन्छ । यसरी सरासर हेर्दा पनि २ रुपैयाँ ४८ पैसा ऐनसेलले ठगेको थियो ।
३६५० ५ ब्याज ! परेपछि ‘ऋण वा सापटी ?’
सापटीलाई नेपाली चलनचल्तीको भाषामा ‘जति लियो त्यति मात्रै फिर्ता गर्ने’ भनिन्छ । मुलुकी ऐनको ‘लेनदेन ब्यबहारको महल’मा ‘ब्याज उल्लेख नगरेको भए साँवा मात्रै भराई दिनु’ भनेर उल्लेख गरिएको छ । तर, ऐनसेलले त ब्याज मात्रै होईन साहू महाजनले पहिले लिँदै आएको ‘चक्रबृद्धि ब्याज’ र अहिले बजारमा अबैध रुपमा सञ्चालन भईरहेको मिटर व्याज भन्दा चर्को ब्याज लिइरहेको छ, जसले यो ऋण नै हो सापटी होइन भन्ने स्पष्ट गर्छ । ऐनसेलको सापटी स्किम अनुसार उसैकै भाषा मा रु . ४० सापटी लिएको खण्डमा ८ मिनेट २० सेकेन्डमै कर बाहेक २ रुपैयाँ ४८ पैसा हुन आउँथ्यो । सरसर्ती हिसाव गर्ने हो भने एनसेलले ३६५० ५ ब्याज लिने गरेको थियो ।
एक÷दुइ रुपैयाँ विना कारण काट्छ ऐनसेल !
दिनमा एक दुई रुपैयाँ विना कारण ऐनसेलले काट्ने गरेको छ । तपाईंको मोबाइलमा जति धेरै कुरा हुन्छ वा कुरा गर्दा पैसा सकिन्छ, त्यहि अनुसारले पैसा काट्छ ऐनसेलले । तर, तपाईंले कुरा गर्नु भएन वा एकदम कम कुरा गर्नुभयो भने ऐनसेलले विनाकारण पैसा काट्दैन । जुनदिन लामो कुरा गर्नुहुन्छ , त्यहीं दिन ऐनसेलले पैसा काट्छ । तपाईंहरुले होसियारीपूर्वक यो तथ्यको छानविन गर्नुभयो भने आफैं थाहा पाउनुहुनेछ । कम्पनीको करिब १ करोड ४० लाख मध्ये दैनिक ५० लाख ग्राहकको ब्यालेन्स ऐनसेलले यसरी काट्ने गरेको छ  र जसबाट उसले दिनहुँजसो करोडौं रुपैयाँ आफ्ना ग्राहकबाट ठग्ने गरेको छ ।
बिलिङमै हुन्छ हिनामिना !
अझ करको मामलामा राज्यलाई तिर्ने लाभकार मात्र होइन, उसले धेरै खालका करहरु छल्ने गरेको छ । राज्यका विविध संयन्त्रलाई बसमा पारेर उसले यस्तो धन्दा चलाईरहेको छ । ठुलो कम्पनीले एक दुइ रुपैयाँ ठगी गर्दैनन् भन्ने ग्राहक को विश्वासमाथि उसले विश्वासघात गर्ने गरेको छ । करिब १ करोड ४० लाख ग्राहक रहेको ऐनसेलले दैनिक ५० लाख गाहकको बिलिङ तल माथि गर्ने गरेको र त्यसवापत उसले दिनमै करोडौं पैसा कुम्ल्याउने गरेको स्रोतको दावी छ ।
ट्रान्सर्फरको नाउँमा लाखौंको लुट
उता, अर्बौं ठग्ने भनी आरोप लाग्दै आएको निजी सेवा प्रदायक ऐनसेल माथि अर्को आरोप पनि लागेको छ । ऐनसेल माथि ट्रान्सर्फरको नाउँमा जनताको लाखौं रकम लुट्ने आरोप लागेको हो । झन्डै डेढ करोड ग्राहक बटुल्न सफल ऐनसेलले प्रति दिन लाखौं उपोभोक्ताको करोडौं रकम हिनामिना गर्ने गरेको आरोप लागेको हो । एक सयको ब्यालेन्स ट्रान्सर्फर गर्नुपरे उस्ले ९८.७४ पैसा मात्रै जान्छ । र , बाकी १.२४ पैसा ऐनसेलको खातामा जान्छ । यसरी , १.२४ पैसाका दरले ऐनसेलले लाखौं ब्यक्तिबाट करोडौं रकम उठाउने गरे पनि सम्बन्धित निकायले कुनै अंकुश लगाउन सकेका छैनन् ।
कर छल्ने अर्को तरिका यस्तो छ
ऐनसेलका सिममा ऐनसेल नेपाललाई संचालन गरिरहेको अजियाटा नेटवर्क भित्रबाट मात्रै कल आउँदैन । नेपालमा प्रयोग हुने ऐनसेलका सीममा युरोप, अमेरिका लगायत विभिन्न देशबाट समेत फोन आउँछ । त्यसरी विदेशबाट नेपालमा रहेको कम्पनीको मोबाइलमा कल आउँदा ती विदेशी कम्पनीले ऐनसेललाई निश्चित रकम बुझाउँने गरेका छन् । तर, यो रकमको कुनै हिसाब किताब हुँदैन । यस्तो हिसावकिताव न दुरसंचार प्राधिकरणले राख्छ, न आन्तरिक राजश्व विभागले यो हिसाब खोज्छ । यसको हिसाब त एनसेलले मात्र राखेको हुन्छ तर , गोप्य रुपमा । यतिसम्मकी आन्तरिक लेखापरिक्षणका समयमा समेत यो हिसाव देखाईदैन । यसरी छलेको रकम उसले आजियाटामा पठाउने गरेको छ । सरकारलाइ तिर्नुपर्ने कर यहाँबाट पनि छली हुन्छ ।
अवौं ठगेको ऐनसेल बोल्न चाहेन
ऐनसेलले एउटा ग्राहकसँग ८ मिनेट भित्रै २ रुपैयाँ ४८ पैसा ठगी गरिरहेको छ । ऐनसेलकै पटक पटक प्रकाशित हुने बिज्ञप्तिमा उसले आफ्ना प्रयोगकर्ता करिव एक करोड पचास लाख रहेको दावी गर्दै आएको छ । यसरी जनताबाट करोडौं रुपैयाँ ठगी गरेपनि ऐनसेललाई अझैसम्म कसैले छुन सकेको छैन । यस बिषयमा बुझ्न हामीले  ऐनसेलमा सम्पर्क गरेका थियौं । तर , यस बिषयमा सोध्दा त्यहाँका कर्मचारीले आफुले यस बिषयमा बोल्न नहुने बताए । सुचना अधिकारीको नम्बर माग्दा उनले भने, ’नम्बर दिन मिल्दैन ।’