जन्मेलान् यहा“ राष्ट्र बचाउनेहरू

थियो भने दोष कविको आदर्श जीवन बाँच्नुको
पाउने हक माग्दा कविको कष्टडीमै हत्या भो ।

थिएनन् कपटी कवि निजी स्वार्थमा फसेको
जल्लाद परिवार सबैको कम्मर कसेको ।

महान् लक्ष्य बोक्यौ तिमीले चिनेन न दुष्टहरूले
बने नायक गोमन आफ्नै, के बुझोस् अरुले ।

बन्यौ तिमी नेपाली धर्तीको वीर पुरुष
उस्तै छन् जन्तु यहाँ मान्छे रूपी उपियाँ उडुस ।

छैन् अधुरो तिम्रो जीवन हे कृष्णसेन !
बचाउन यो राष्ट्र जन्मलान् बलभद्रहरू र भिमसेन ।
—०००–