Breaking News
 | 
  • कागेश्वरी मनोहरामा ११ वर्षीया बालिका बलात्कृत, एक व्यक्ति पक्राउ

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ छन् । उनलाई बिहीबार दिउँसो प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले ती बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो…

    Read More
  • देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधरणतया बादल लागेको छ भने, मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ ।…

    Read More
  • भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्नेमा पूर्व यूएन निर्देशक पाण्डेको जोड

    काठमाडौं/संयुक्त राष्ट्रसंघका पूर्व निर्देशक, अन्तर्राष्ट्रिय कानूनका विशेषज्ञ तथा परराष्ट्र मामिला जानकार भाइराजा पाण्डेले भ्रष्टाचारविरुद्ध कठोर रूपमा अघि बढ्नुपर्ने बताएका छन् । उनले संसदीय सुनुवाइका क्रममा सांसदहरूले उच्च पदस्थ अधिकारीसँग प्रश्न गर्नु उनीहरूको संवैधानिक तथा संसदीय जिम्मेवारी भएको बताए । ‘संसदीय समितिको भूमिका, सुरक्षा निकायमाथि गरिएको व्यवहार र उत्पन्न विवाद’ विषयमा सजग समूहले आयोजना गरेको समसामयिक…

    Read More
  • कोशी कटानको जोखिममा परेका परिवारलाई स्थानान्तरण

    सुनसरी/सप्तकोशी नदीको तीव्र कटानका कारण जोखिममा परेका बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सप्तकोशी नदीले निरन्तर कटान गर्न थालेपछि अति जोखिममा परेका उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्थासहित स्थानान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । श्रीलङ्का टापुुको चिलिया र गरैयालगायतका क्षेत्रमा सप्तकोशी नदीले तीव्र कटान गरिरहेको छ…

    Read More
  • राष्ट्रिय

    बागमतीमा दलको नेता थपलिया नै कायम रहने,थापालाई मुख्यमन्त्री बनाउने सहमति

    चितवन/बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा बन्ने भएका छन् । मंगलबार एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत र उपत्यका प्रदेश इन्चार्ज राजन भट्टराईसहित एमाले प्रदेश संसदहरूको छलफलले संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई कायमै राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो । सहमति लगत्तै दलको बैठक बसेर निर्णय गर्ने एमालेको तयारी…

    Read More
  • भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित

    काठमाडौँ/तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित दर्ता गरेको छ । विजयी सुरुआत गर्ने क्रममा नेपालले आज भएको पहिलो खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई ११६ रनले हरायो । यस खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४५ ओभरमा १८८ रनमा अलआउट भएको थियो…

    Read More
  • उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

    काठमाडौं/उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बैठक सोमबार बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्षमा बस्ने भएको हो । बैठकमा चिनीको सहज आपूर्तिका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

    Read More
  • तनहुँमा अविरल वर्षाले भत्कियो घर

    तनहुँ/तनहुँको भिमाद नगरपालिका-३ सुनाकोटमा अविरल वर्षाका कारण एक स्थानीयको तीनतले कच्ची घर भत्किएर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन। शनिबार राति करिब ९ः०० बजे सुनाकोट निवासी ४६ वर्षीय विष्णु कुमार श्रेष्ठको ढुङ्गा(माटोले बनेको र ढुङ्गाले नै छाएको तीनतले घरको पछाडिपट्टिको गाह्रो वर्षाका कारण भत्किएको हो। गाह्रो भत्किएपछि…

    Read More
  • बागलुङमा विपद्ः आठ घरमा क्षति, ४० उच्च जोखिममा

    बागलुङ/बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण आठ घरमा क्षति पुगेको छ भने ४० उच्च जोखिममा परेका छन् । मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको हो । निसीखोलाका ४० घर पहिरोको उच्च जोखिममा परेका निसीखोला–२ का वडा अध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिनुभयो । पहिरोले कतिपय स्थानीयका घर, गोठ…

    Read More
  • परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    काठमाडौँ/परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस। जयशङ्कर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल र भारतबीच गहिरो ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनस्तरीय सम्पर्क तथा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै सन्देशमा उहाँले आगामी दिनमा नेपाल–भारतबीचको आत्मीय सम्बन्ध, मित्रता र आपसी सहकार्य अझ…

    Read More