Breaking News
 | 
  • मुख्य पृष्ठ

    आज देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

    काठमाण्डौं/आज देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा प्रदेश नं. १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रहने छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली…

    Read More
  • अपराध/दुर्घटना

    बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

    बाँके/बाघको आक्रमणबाट बाँकेमा आज एक महिलाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. ६ अब्रहवाका ३२ वर्षीया चाँदनी थारुको पाटे बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्ज नजिकैको सामुदायिक वनमा पात टिप्न जानुभएका थारुको बाघको आक्रमणमा परि मृत्यु भएको हो । दुई दिन मात्रै बाघको आक्रमणबाट घाँस काट्न सामुदायिक…

    Read More
  • चितवन सेरोफेरो

    नारायणीमा डल्फिन भेटियो

    चितवन/नारायणी नदीको अमलटारी घाटदेखि त्रिवेणीसम्म जलपक्षी गणना गर्ने क्रममा शुक्रबार भेलौजी भन्ने स्थानमा डल्फिन भेटिएको छ । नारायणीमा यसअघि तीन वर्ष अगाडि डल्फिन देखिएको थियो । यस पटकको जारी जलपंक्षी गणनाका क्रममा चराविद्ले डल्फिनको फोटो खिचेका छन् । भेलौजीमा नदीको बहाव शान्त र सतह गहिरो छ । जलपंक्षी गणना गरिरहेका टेक महतोले डल्फिनको फोटो खिच्न…

    Read More
  • मुख्य पृष्ठ

    एसईई खारेज हुने हल्लाको पछि नलाग्न परीक्षा बोर्डको आग्रह

    काठमाण्डौ/एसईई कसरी सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । संसदीय समितिले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न निर्देशन दिएको छ भने राष्ट्रिय परीक्षा बोर्डले निर्णय नगर्दा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्मा भने एसईई खारेज गर्ने नभई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिन खोजिएको बताउनुहुन्छ । प्रदेश मार्फत एसईई सञ्चालनको लागि…

    Read More
  • मुख्य पृष्ठ

    चार वटा प्रदेशमा मेघगर्जन र चटयाङ्गसहित वर्षाको सम्भावना

    काठमाण्डौ/चार वटा प्रदेशका धेरै ठाउँमा आज मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन रचटयाङ्गसहित हल्का वर्षा भए पनि यसअघिको जस्तो ठूलो पानी भने नपर्ने मौसमविद्को भनाइ छ । अहिले…

    Read More
  • मुख्य पृष्ठ

    देशभर पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा नौ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार नौ सय ७१ जनाको नमुना परीक्षण गर्दा नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ सङ्क्रमित निको भएका छन् ।…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका बिभिन्न क्षेत्रमा शनिबार ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने

    चितवन/भोलि (शनिबार) चितवनका बिभिन्न क्षेत्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । चनौली र पर्साको ३३/३३ केभी लाईन सटडाउन हुने भएकोले भालि ६ घण्टा विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले बताउनु भयो। त्यस्तै भोलि चनौली, पर्सा र माडी बसन्तपुरको केभी सबस्टेसनबाट…

    Read More
  • मुख्य पृष्ठ

    नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि

    काठमाण्डौ/नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्रवार विज्ञप्ति निकालेर पुस महिनामा सङ्कलन गरिएका एक हजार एक सय ४६ नमुनामध्ये २४ वटामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो । यी नमुना देशभरबाट सङ्कलन गरिएका हुन् । यसअघि नेपालमा तीन जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि…

    Read More
  • मुख्य पृष्ठ

    कोरोनाको ओमिक्रोन भेरियन्टलाई कमजोर नठान्न डब्लूएचओको आग्रह

    काठमाण्डौं/कोरोनाको ओमिक्रोन भेरियन्टलाई कमजोर नठान्न विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले अनुरोध गरेको छ । यसअघिका भेरियन्टभन्दा ओमिक्रोनले विरामीलाई गम्भीर अवस्थामा पु¥याउने दर कम भएपनि यसले सङ्क्रमण दर र मृत्यु दर बढाइरहेको भन्दै सचेत हुन डब्लूएचओले अपील गरेको हो । डब्लूएचओका अनुसार ओमिक्रोन भेरियन्ट कै कारण विश्वभर एक हप्तामा सङ्क्रमण दर ७१ प्रतिशतले बढेको छ । यसैबीच…

    Read More
  • मुख्य पृष्ठ

    नेकपा माओवादी केन्द्रको पदाधिकारी छनोट गर्न अझैँ केही दिन लाग्ने

    काठमाण्डौं/नेकपा माओवादी केन्द्रको पदाधिकारी छनोट गर्न अझैँ केही दिन लाग्ने भएको छ । केही केन्द्रीय सदस्य र पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाले पर्सि आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक पनि प्रभावित हुने भएका कारण पदाधिकारी छनोट हुन समय लाग्ने भएको हो । पार्टी केन्द्रीय कार्यालयका केही कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि…

    Read More