Breaking News
 | 
  • मुख्य पृष्ठ

    चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

    काठमाण्डौ/विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको हो। महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका…

    Read More
  • अपराध/दुर्घटना

    धान कुट्ने मिलमा सल बेरिएर एक महिलाको मृत्यु

    अछाम/कुटानी पिसानी मिलमा सल बेरिएर अछामकाृ चौरपाटी गाउँपालिका–४ पायलमा एक महिलाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको शरीर दुई भाग भएको छ ।

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा थप ८१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या २४० पुग्यो

    चितवन/पछिल्लो २४ घण्टामा चितवनमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पिसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनामा संक्रमण देखिएको हो । हिजो ४७ जनामा कारोना पोजिटिभ देखिएको थियो । आज ८१ जना संक्रमित थपिएसँगै चितवनमा सक्रिय संक्रमितको संख्या २४० पुगेको…

    Read More
  • मुख्य पृष्ठ

    वाग्मतीसहित पाँच वटा प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाण्डौ/जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँच वटा प्रदेशका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव…

    Read More
  • मुख्य पृष्ठ

    निरन्तर बढ्दै कोरोना संक्रमण, थप २४४४ जनामा संक्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ । यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म…

    Read More
  • मुख्य पृष्ठ

    घरआँगनमै चितुवा आउन थालेपछि आँबुखैरेनी बरादीका स्थानीयवासी त्रसित

    तनहुँ/रासस/तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा बस्तुभाउ मार्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन् । चितुवाले स्थानीय शम्शेर परियारको गोठमा बाँधिराखेको बाख्रा मारेको छ । घरसँगै रहेको गोठमा आएर चितुवाले आक्रमण गरेपछि स्थानीयवासी त्रस्त भएको नवराज मिश्रले जानकारी दिए । “राति–राति चितुवा घरआँगनमै आउन थालेपछि त्रास…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका ४७ जनामा कोरोना संक्रमण पुष्टि

    चितवन/चितवनमा दैनिक फाट्टफुट्ट देखिएको कोरोना संक्रमण दुई दिन यता ह्वात्तै बढेको हो । हिजो सोमबार ४१ जनामा देखिएको कोरोना संक्रमण आज बढेर एकाएक ४७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ४३ जना, राप्ती नगरपालिकामा दुई जना, कालिकामा एक जना र इच्छाकामनामा एक जना कोरोना संक्रमित विगत २४ घण्टामा थपिएका छन् । योसँगै…

    Read More
  • मुख्य पृष्ठ

    आज केहि प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाण्डौं/देशका आंशिक भू–भागमा आज मौसम बदली रहने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा प्रदेश नं. १ र प्रदेश नं. २ लगायत पहाडी भू–भागहरूमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी स्थानहरूमा आंशिक…

    Read More
  • मुख्य पृष्ठ

    आज ३ सयौं पृथ्वी जयन्ती

    काठमाण्डौं/आज ३ सयौं पृथ्वी जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा पृथ्वी जयन्ती मनाउने गरिएको छ । वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे…

    Read More
  • मुख्य पृष्ठ

    चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै मेला–महोत्सव बन्द, करोडौँको नोक्सानी

    चितवन/चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज भएको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो । बैठकले चालु अवस्थामा रहेको चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको समय दिने निर्णय गरेको छ । चितवन महोत्सव २९ गतेदेखि पूर्णरुपमा बन्द हुनेछ । रत्ननगर…

    Read More