Breaking News
 | 
  • मुख्य पृष्ठ

    सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    काठमाडौँ/प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक…

    Read More
  • पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

    फिक्कल,(इलाम)/वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका-९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । सधैँ जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन…

    Read More
  • राससकर्मी गौतमलाई ‘आर्थिक खोजमूलक पुरस्कार’

    ढोरपाटन,(बागलुङ)/राष्ट्रिय समाचार समिति (रासस) का गलकोट समाचारदाता खेमराज गौतम ‘आर्थिक खोजमूलक पुरस्कार–२०८२’ बाट पुरस्कृत पुरस्कृत हुनुभएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कारबाट गौतम पुरस्कृत हुनुभएको हो । वाणिज्य सङ्घको ६२औँ वार्षिक साधारणसभाका अवसरमा आज गौतमलाई नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैध र गण्डकी प्रदेश अध्यक्ष नरेश कँडेलले…

    Read More
  • दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

    राजविराज(सप्तरी)/सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो । प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले बलान बिहुल गाउँपालिका–३…

    Read More
  • ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

    काठमाडौँ/बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२३ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १६० जनालाई कारबाही गरिएको हो ।…

    Read More
  • लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    काठमाडौँ/आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै छ । राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । लागुऔषध दुरुपयोगमुक्त अन्तरराष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका…

    Read More
  • भेनेजुएलामा शक्तिशाली भूकम्पपछि जनजीवन अस्तव्यस्त, १६४ जनाको मृत्यु

    काराकास/भेनेजुएलामा लगातार आएका शक्तिशाली भूकम्पका कारण हालसम्म १६४ जनाको मृत्यु भएको छ भने ९७१ जना घाइते भएका छन्। भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार उक्त जानकारी दिएकी हुन्। उनका अनुसार भूकम्पपछि करिब ३० वटा परकम्पहरू महसुस भएका छन्। सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन देशभरका स्रोत–साधन परिचालन गरिरहेको छ। साथै…

    Read More
  • जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट

    जुम्ला/जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् । यहाँको चन्दनाथ नगरपालिकाले रु ५९ करोड ४६ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकाले रु ५४ करोड २८ लाख आठ हजार,…

    Read More
  • टरिगाउँ विमानस्थलका लागि २५ करोड

    तुलसीपुर,(दाङ)/दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि रु २५ करोड विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि रु २५ करोड समावेश भएको हो । विमानस्थलको धावनमार्गलाई दुई हजार ५०० मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका…

    Read More
  • पोषण लेखाजोखा स् तीन सय ४७ बालबालिका कुपोषित

    टीकापुर/वैशाख महिनामा गरिएको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमका बेला टीकापुरमा बालबालिकामा कुपोषणको जोखिम धेरै देखिएपछि पालिकाले पोषण सुधारका लागि छलफल थालेको छ । टीकापुरमा वैशाखमा गरिएको पोषण लेखाजोखा तथ्याङ्कअनुसार पाँच वर्षमुनिका ७५ बालबालिका शीघ्र कुपोषणको जोखिममा छन् भने २७२ जना मध्यम कुपोषित भेटिएका छन् । पालिकाले कुपोषित बालबालिका धेरै देखिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएर फेरि…

    Read More