Breaking News
 | 
  • चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्रीे केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताउनुभएको हो । उहाँका अनुसार चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गर्नुभएको छ । “आजभन्दा छ वर्ष अगाडि हाम्रै सरकार हुुँदा…

    Read More
  • तरकारी खेतीबाटै टोलकै महिला आत्मनिर्भर

    टीकापुर/टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका छन् । दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसमी तरकारीखेती गरेर लाखौँ आम्दानी लिन सफल भएका हुन् । आज भोलि कटानपुरका महिलाले बारीमा काक्रा, भिन्डी, लौका, भान्टा, तोरै, चिचिन्डा लटरम्म फलाएका छन् । महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती गरेका छन्…

    Read More
  • मुख्यमन्त्री कार्की र अर्थमन्त्री मगरकै जिल्लामा २२ करोड बढीका योजना काटिए

    विराटनगर/झापाका निर्माण व्यवसायी कुमार उप्रेतीले पूर्वाधार विकास कार्यालय झापाबाट काम गरेको ५५ लाख रुपैयाँ पाउन बाँकी छ । उनले आफूले नियमानुसार ठेक्का लिएर काम गरिसकेको भएपनि भुक्तानी नपाएको गुनासो गरे। विभिन्न ४ वटा काम गरेको उनले बताए । विशाल निर्माण सेवाका सञ्चालक रहेका उनले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर…

    Read More
  • आजको मौसम पूर्वानुमानः कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ…

    Read More
  • नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

    वीरगञ्ज,(पर्सा)/बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुुलुक निर्यात गरेको हो । उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो ।…

    Read More
  • आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती,…

    Read More
  • १२ घण्टा खुल्यो धरहरा

    काठमाडौँ/आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । आजदेखि धरहरा १२ घण्टा सञ्चालन सार्वजनिक हुने जनाउँदै मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बिदाको दिन पनि…

    Read More
  • कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्रीे केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा उहाँले तोकिएको समयमा ठेकेदार कम्पनीले रङ्गशाला निर्माण सम्पन्न नगरेकाले अहिले हर्जना तिर्दै काम अघि बढाइरहेको उल्लेख गर्नुभएको छ । “तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ । तर अहिले सरकारले जसरी पनि…

    Read More
  • विश्व प्रेस काउन्सिलमा डेभिड अध्यक्ष, किशोर उपाध्यक्ष

    प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन हुनुभएको छ । अफ्रिकी मुलुक ताञ्जानियामा अस्तिदेखि जारी काउन्सिलको शिखर सम्मेलनबाट उहाँ उपाध्यक्ष निर्वाचित हुनुभएको हो । श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत हुनुहुन्छ । काउन्सिलको आगामी ३ वर्षका लागि सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन भएको हो । यधपी चुनावका सम्पूर्ण…

    Read More
  • गत वर्ष भन्दा १ खर्ब २० अर्ब राजस्व वृद्धि

    काठमाडौँ /आर्थिक वर्ष २०८१–०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०–०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०–०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८१–०८२ मा…

    Read More