Breaking News
 | 
  • संयुक्त सरकारले विकासको लहर ल्याएको छ : प्रधानमन्त्री ओली

    जलेश्वर/प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशमा विकासको लहर ल्याएको बताउनुभएको छ । महोत्तरी जिल्लाको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता मुलुकका दुई ठूला राजनीतिक पार्टी मिलेर बनेको वर्तमान सरकार विकास र सुशासनका पक्षमा अहोरात्र खटेको बताउनुभयो । उहाँले एमाले, कांग्रेस, लोसपा, जनमतसहितको वर्तमान संयुक्त सरकारले स्पष्ट नीति…

    Read More
  • ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ स्वीकृत

    काठमाडौँ/राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत गरिएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरिएको घोषणा गर्नुभएको हो । विधेयकको छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले पछिल्लो समय नेपालमा आँखा उपचार क्षेत्रमा क्रान्ति…

    Read More
  • प्रधानमन्त्रीद्वारा तराई–मधेसको सुक्खा क्षेत्रको अवलोकन

    महोत्तरी/प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको छ । यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाका समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग…

    Read More
  • राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । उहाँहरुबीच राष्ट्रपति निवास शितल निवासमा भेट भएको हो । भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ मा जेनेभा…

    Read More
  • विभिन्न कसुरमा चितवन राष्ट्रिय निकुञ्जले गर्‍यो ४४२ जनालाई पक्राउ

    चितवन/चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा निकुञ्जसम्बन्धी विभिन्न कसुरमा चार सय ४२ जनालाई पक्राउ गरी कारबाही गरेको छ । वनसम्बन्धी अपराधमा दुई सय ६६ र वन्यजन्तुसम्बन्धी अपराधमा एक सय ७६ जनालाई पक्राउ गरिएको हो । गैँडा मुद्दामा आठ, बाघसम्बन्धी मुद्दामा एक, बँदेलका २६, पन्क्षीका तीन, सालकका पाँच, माछाका एक सय २६, ढुङ्गागिट्टि, बालुवाका पाँच, घाँसदाउँराका…

    Read More
  • अटोरिक्सा मर्स्याङ्दीमा खस्दा ६ जना घाइते

    लमजुङ/लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्डमा आज अटोरिक्सा मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन् । बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटोरिक्सा बेँसीसहर(६ खरखरे भिरबाट मर्स्याङ्दीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो । गोरखाको आरुघाट गाउँपालिका–१ की ४५ वर्षीया स्यानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली…

    Read More
  • ‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

    काठमाडौँ/‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाएका थिए । सभामुख घिमिरेले रास्वपा सांसद तोसिमा कार्कीलाई बोल्ने समय…

    Read More
  • लिफ्टले तानेको पानी पर्याप्त नभएपछि चितवनका किसान खडेरीको चपेटमा

    नारायणगढ,(चितवन)/साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्नथालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ । धान रोपेर बाली हरियो हुने समय भए पनि पर्याप्त सिँचाइ नपुगेकाले अधिकांश स्थानमा रोपाइ ढिलाइ भएको छ । खोलानाला र नदीमा पानीको सतह घटेपछि…

    Read More
  • चितवनमा मनाइयो पुष्पलाल स्मृति दिवस

    चितवन/आज नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस । पुष्पलाल स्मृति प्रतिष्ठान चितवन शाखाले आज एक कार्यक्रम गरी दिवस मनाएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा अवस्थित प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा वामपन्थी निकट दलहरुको उपस्थिति रह्यो । कार्यक्रममा नेकपा एमाले चितवनका उपाध्यक्ष श्याम कुमार विष्ट, नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा…

    Read More
  • रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधिसभाको आजको बैठक पनि बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका ती दुई दलले यसअघि पनि संसद् बैठक बहिष्कार गर्दै आएका थिए । आजको बैठक प्रारम्भ भएसँगै दुवै दलका सांसदहरू आफ्नो आसनबाट उभिएर बैठक बहिष्कार गरेका…

    Read More