| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • नेपाली कांग्रेसको पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

    काठमाडौँ/नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र पछिल्लोसमय देखिएको अन्तरविरोधलाई तत्काल समाधान गर्न आग्रह गरेको छ ।युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी पार्टी अहिले कठिन र विषम् परिस्थितिमा अगाडि बढिरहेको भन्दै पार्टीभित्र एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । “पछिल्लो पटक पार्टीभित्र देखा परेको अन्तरद्वन्द्वलाई आपसी संवाद, सहमति र…

    Read More
  • अपराध/दुर्घटना

    खैरो हिरोइनसहित पाँच युवक पक्राउ

    बैतडी/खैरो हिरोइनसहित यहाँ एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो । उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ । रासस

    Read More
  • मुख्य पृष्ठ

    धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद

    महेन्द्रनगर (धनुषा)/खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म छ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ । कार्यालयले गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरेको हो । हालसम्म छ हजार २७५ क्विन्टल धान खरिद भइसकेको जनाउँदै धनुषा र महोत्तरीका अधिकांश किसानले धान बिक्रीका लागि…

    Read More
  • राष्ट्रिय

    प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

    कर्णाली/लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय…

    Read More
  • निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल

    काठमाडौँ/गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षासम्बन्धी सूचना सङ्कलन, विश्लेषण, मूल्याङ्कन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ । आज गृहमन्त्री अर्यालको अध्यक्षता तथा गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी फागुन २१ गते…

    Read More
  • मुख्य पृष्ठ

    मन्त्रिपरिषद्को निर्णयः प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत

    काठमाडौँ/सरकारले नेपाल प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यही पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को अनुसूची संशोधन भएको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलका अनुसार बैठकले महालेखापरीक्षकको कार्यालय र…

    Read More
  • मुख्य पृष्ठ

    अत्यधिक चिसोले गरिब, मजदुर वर्ग बढी मारमा

    कैलाली/केही दिनदेखि यहाँ अत्यधिक चिसो बढ्दै गएपछि दैनिक ज्याला मजदुरी गरेर खाने गरिब तथा मजदुर वर्गहरूको जनजीवन प्रभावित भएको छ । चिसो हावासँगै लगातारको कठ्याङ्ग्रिने जाडोले दैनिक काम गरेर बिहान, बेलुकाको छाक टार्ने गरिब वर्गहरूको जनजीवन प्रभावित भएको हो । बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहरको कारण जाडो बढेपछि उनीहरूको जनजीवन कष्टकर भएको छ । अत्यधिक…

    Read More
  • खेलकुद

    विश्वकप खेल्न नेपाली टोली घोषणा

    काठमाडौँ/नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा मंगलबार क्यानले टोलीको घोषणा गरेको हो। विश्वकप स्क्वाडको उप कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्। अन्य खेलाडीहरूमा कुशल भुर्तेल, आशिफ शेख, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करन केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी,…

    Read More
  • चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द

    महेन्द्रनगर/केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् । विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयको भनाइ छ । चिसो बढेसँगै यहाँका पालिकाले सामुदायिक…

    Read More
  • मुख्य पृष्ठ

    आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण

    दमौली,(तनहुँ)/नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ । महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो । व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा महेन्द्र शालिक रहेको पार्कमा मगर,…

    Read More