Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छः सभामुख अर्याल

    काभ्रेपलाञ्चोक/सभामुख डोलप्रसाद अर्यालले सुशासन सबैभन्दा ठूलो जनअपेक्षा रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभे्रपलाञ्चोकको धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक बर्ष २०८२÷०८३ को प्रगति समीक्षा कार्यक्रमा उहाँले नागरिकले पहिलो अपेक्षा गर्ने सुशासननै भएको बताउनुभयो । सभामुख अर्यालले भन्नुभयो, “सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो, पछिल्लो समयमा पारदर्शिता, जवाफदेहीता र उत्तरदायीका विषयमा उठेका सवालले राज्य…

    Read More
  • मुख्य पृष्ठ

    ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन

    काठमाडौँ/बितेका २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने

    काठमाडौँ/मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी पहाडी भागमा…

    Read More
  • सीमासम्बन्धी विवादित अभिव्यक्तिमा प्रधानमन्त्रीले संसद्‌मा जवाफ नदिने

    काठमाडौं/सीमासम्बन्धी विवादित अभिव्यक्तिमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा प्रष्टीकरण नदिने भएका छन् । उक्त धारणा राष्ट्रिय स्वतन्त्र पार्टीको हो वा सरकारको भन्ने विषयमा प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्ने माग विपक्षी दलहरूले गरिरहेका छन् । अर्थमन्त्री समेत रहेका पार्टी उपसभापति स्वर्णिम वाग्लेले यस विषयमा प्रधानमन्त्री शाहले संसद्‌मा जवाफ नदिने जानकारी दलका नेताहरूलाई गराएका हुन् । राष्ट्रियसभा अध्यक्षको समन्वयमा…

    Read More
  • मुख्य पृष्ठ

    भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

    काठमाडौँ/भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गर्नुभएको छ । साथै उहाँले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उहाँको चाहनालाई स्वागत…

    Read More
  • राप्ती नदी किनारमा वृद्ध मृत अवस्थामा फेला, गोहीको आक्रमणको आशंका

    चितवन/चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टाका एक वृद्ध राप्ती नदी किनारमा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेलहट्टा स्थित घर भएका ६० वर्षीय कुलबहादुर चोखालको मृत्यु भएको हो । उनी जेठ १८ गते दिउँसो करिब ३ बजे घरबाट घाँस काट्न भन्दै हरियाली सामुदायिक वनतर्फ गएका थिए। साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको…

    Read More
  • मुख्य पृष्ठ

    चीनमा लिची टिप्न रोबोटहरूको प्रयोग

    एजेन्सी/चीनमा कृषि क्षेत्र आधुनिकीरकणतर्फ उन्मुख भएको छ । दक्षिण चीनमा लिची टिप्न पनि रोबोटहरूको प्रयोग हुने गरेको छ । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तको माओमिङमा रहेको लिचीको गृहनगरमा लिची उत्पादन हुने प्रमुख सिजन हो । जहाँ रोबोटहरु सक्रिय छन् । यस वर्ष कटनी गर्ने रोबोटहरू प्लायर जस्तो हातले हाँगाहरूबाट फल काट्न कडा परिश्रम गरिरहेका छन्। तिनीहरूले…

    Read More
  • नारायणीमा पौडी खेल्नेक्रममा डुबेर एक बालक बेपत्ता,एकको उद्धार गरी अस्पताल पठाइयो

    गैडाकोट/नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । गैँडाकोट–२ स्थित नदीमा पौडी खेल्ने क्रममा आज एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिनुभयो । “नारायणी नदीमा दुईजना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका छन्, एक जनाको उद्धार गरी अस्पताल पठाइएको छ”, उहाँले भन्नुभयो, “बेपत्ता भएका…

    Read More
  • मुख्य पृष्ठ

    मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना

    काठमाडौँ/आज मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै, देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यसैगरी, देशको हिमाली र…

    Read More
  • गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

      नवलपुर/नवलपुरको गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले स्विट नेपालका सञ्चालक युवराज क्षेत्रीमाथि दुर्व्यवहार गरेका छन् । केही दिन अगाडि प्रकाशित ढुंगा, गिटी, बालुवाको समाचारलाई लिएर मेयर अधिकारीले पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार गरेका हुन् । मेयर अधिकारीले पत्रकार क्षेत्रीलाई मेयरको अनुमति बिना नगरपालिकामा नछिर्न समेत पत्रकार क्षेत्रीलाई उर्दी जारी गरेका छन् । “तैले हाम्रो बारेमा मनलाग्दी समाचार…

    Read More